Oct 02 2026 | २०८३, आश्विन १६ गते

विद्यार्थीलाई अमानवीय व्यवहार होस्टल सञ्चालक पक्राउ।

विद्यार्थीलाई अमानवीय व्यवहार होस्टल सञ्चालक पक्राउ।

  • 1.6K
    SHARES

  • विद्यार्थीलाई अमानवीय व्यवहार होस्टल सञ्चालक पक्राउ।

    फागुन, ३० गते विराटनगर । मोरङमा विद्यार्थीलाई अमानवीय व्यबहार होस्टेलक सांचालक पक्राउ परेकी छन। विराटनगर महानगरपालिका–८ मा रहेको मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो।

    संचालिका रेग्मिले होस्टेलमा बसिरहेका विद्यार्थीहरुले अग्रिम रकम दिन नमानेपछि कोठामा भएको सामानहरु बाहिर फ्याँक्दै हातपात गरेको जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ।

    सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा मधुले एउटा कोठाभित्र बसेका छात्राहरुसँग तीन–तीन हजार रुपैयाँ पेमेन्ट गरिदिन भनेको देखिन्छ । लगत्तै उनी जंगिंदै होस्टेलबाट ‘निस्किहाल्’ भन्दै जाइलागेको देखिन्छ । त्यही कोठाभित्र रहेका अन्य दुई छात्राले रोक्न खोजेको देखिन्छ, तर सक्दैनन् ।

    उक्त भिडियो मंगलबार बेलुकाको हो । सो होस्टेलको कोठामा विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका तीन जना विद्यार्थीहरु यही फागुन ३ गतेदेखि बसिरहेका थिए ।

    उनीहरुले ३ चैतसम्मका लागि अग्रिम आठ हजार रुपैयाँ बुझाएका थिए । कलेजकै होस्टेलमा बस्नेहरुको सूचीमा भर्खरै उनीहरुको पनि नाम निस्किएको थियो । त्यसैले उनीहरु मुनलाइट गर्ल्स होस्टल छाडेर कलेजकै होस्टेलमा सर्ने तयारीमा थिए ।

    ३ चैतसम्मको पैसा तिरिसकेको र त्यसअघि नै कलेजको होस्टलमा जाने बताउँदा बताउँदै पनि होस्टेल सञ्चालक मधुले ती विद्यार्थीसँग एडभान्स भन्दै थप तीन–तीन हजार रुपैयाँ मागेपछि उनीहरुले रकम नदिने बताएका थिए । त्यसपछि होस्टेल सञ्चालकले हातपात गरेकी थिइन् ।

    पक्राउ परेकी रेग्मी विरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । पीडितको जाहेरीपछि सञ्चालकलाई पक्राउ गरेर कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।

    images
    बुधवार, फाल्गुण ३० २०८००६:२५:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार