Jul 27 2026 | २०८३, श्रावण ११ गते

गुनासो सुन्न शिक्षा मन्त्री एनओसी शाखा भक्तपुरमा।

गुनासो सुन्न शिक्षा मन्त्री एनओसी शाखा भक्तपुरमा।

  • 502
    SHARES

  • गुनासो सुन्न शिक्षा मन्त्री एनओसी शाखा भक्तपुरमा।

    चैत, १ गते भक्तपुर - विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि आवश्यक पर्ने एनओसी प्राप्त गर्न धेरै झण्झट भएको भन्दै विद्यार्थीले मन्त्रीसँग गुनासो शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री सुमना श्रेष्ठ भक्तपुर दुगेकी छन। वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) वितरण गर्ने शाखाको सेवा प्रवाहमा पटक पटक आउने गुनासो सुन्न मन्त्री श्रेष्ठले बिहीबार विहानै भक्तपुर पुगेकी हुन् ।

    त्यहा पुगेपछी मन्त्री श्रेष्ठले एनओसी शाखाका कर्मचारी र सेवाग्राही विद्यार्थीसँग छलफल गरेकी छन् । विहान साढे आठ बजे मन्त्री शाखामा पुग्दा सेवाग्राही विद्यार्थीको लाम शुरु भईसकेको थियो । 

    'एनओसी लिन आयो, न डाउनलोड हुन्छ, न कताबाट के सेवा लिने भन्ने थाहा पाउन सोधपुछ कक्ष नै छ' ईटहरीबाट सेवा लिन आएकी एक छात्राले मन्त्रीलाई आफ्नो समस्या सुनाउँदै भनिन् 'कति बेर लाईन लाग्नु पर्छ र कति बेरमा काम सकिन्छ भन्ने कुनै टुगों हुँदैन, उभिदाँ उभिदाँ हैरान भईन्छ ।' ती छात्राले मन्त्रीलाई गुनासो सुनाईरहँदा साथमै रहेका शाखा प्रमुख वासुदेव वस्तीले सेवा प्रवाहका लागि शाखाले बनाएको सिष्टमका बारेमा प्रष्ट्याए ।

    मन्त्री श्रेष्ठ शाखामा पुगेपछी सेवा लिन आएका अन्य विद्यार्थीले बस्ने ठाउँ नभएको, धुलो भएको, कुन सेवा कहाँबाट लिने हो भन्ने थाहा पाउन नसकिने जस्ता गुनासो सुनाएका थिए ।

    मन्त्रीलाई गुनासो गर्दै त्यहाँ कार्यरत कर्मचारिले शाखामा दिनमा दुई हजार सेवाग्राही आउने तर उनीहरुलाई सेवा दिन शाखामा पर्याप्त जनशक्ति नभएको बताए। सेवाग्राहीको चाप बढे पछि मन्त्रालयले बेला बेला अन्य कार्यालयबाट अस्थायी रुपमा कर्मचारीलाई खटाउँदै आएको छ । जनशक्ति अभावका बारेमा मन्त्री सँग शाखाका कर्मचारीले पनि गुनासो गरे ।

    त्यसैगरी एनओसी लिन आउने अधिकाँश विद्यार्थी कन्सल्टेन्सि मार्फत् आउने भएकाले कन्सल्टेन्सिहरुले आवश्यक प्रकृया पुरा नगरि नै पठाईदिदाँ पनि विद्यार्थीले सेवा पाउन नसकेको शाखा प्रमुख वासुदेव वस्तीले बताए। शाखाको काम अनलाईन सिष्टमबाट हुने भए पनि विद्यार्थी कन्सल्टेन्सिको भर परेर मात्रै पुरै काम नसकि वा आवश्यक कागजात विनै शाखामा आउँदा काम नभएको उनले दावी गरे ।

    वस्तिका अनुसार 'विद्यार्थीले कन्सल्टेन्सि मार्फत् काम गर्छन्, तर कतिपय कन्सल्टेन्सिहरुले एकै पटक धेरै विद्यार्थीको फारम भरेर पटक पटक थिच्दा डाउनलोड हुँदैन' ती छात्राको समस्याका बारेमा प्रष्ट पार्दै उनले भने '६ पटक भन्दा बढि डाउनलोड बटन थिच्यो भने फर्म डाउनलोड हुन्न ।' 

    गुनासो सुनेपछी मन्त्री श्रेष्ठले विद्यार्थीले धम्क्याउने जस्ता कृयाकलाप गरे भने आफूलाई सिधै फोन गर्न भनिन् । साथै उनले कार्यालयमा कुन सेवा कहाँबाट कसरी वितरण हुन्छ भन्ने जानकारी दिने गरी नोटिस बोर्ड राख्न र ईण्टरनेट सेवा सहितको सोधपुछ कक्ष व्यवस्थित बनाउन भन्दै सेवा प्रवाहका आधारमा छुट्टा छुट्टै सात वटा झ्याल निर्धारण गरेर काम गर्न पनि उनले प्रमुख वस्तीलाई निर्देशन दिएकी छन् । 

    मन्त्री श्रेष्ठले भन्निन्, 'काम गर्ने विधि परिवर्तन गर्नुस्, कामको प्राथमिकीकरण गर्नुहोस्, सोही अनुसार सेवा प्रदान गर्नुहोस्' निर्देशन दिदैं उनले भनिन् 'यो शाखामा नागरिकता देखि पासपोर्ट भेरिभिकेसन सम्मको काम गर्नु पर्ने रहेछ, यो काम शिक्षा मन्त्रालयको हैन, अरु मन्त्रालयको काम पनि गर्नु पर्दा चाप भएको देखियो यस बारेमा म सम्बन्धित मन्त्रालयसँग पनि कुरा गर्छु ।'  

    images
    बिहिवार, चैत्र १ २०८००१:५७:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार