शनिवार, बैशाख १ २०८१
बैशाख, १ काठमाडौ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक पदको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बिश्वबिद्यालयले कानून संकायका लागि कानून विषयको प्राध्यापक पदको लागि दरखास्त आह्वान गरेको हो ।
विश्वविद्यालयले कानून विषयमा आन्तरिक तथा खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्नु पर्ने भएकोले आन्तरिक प्रतियोगिता मार्फत पदपूर्तिका लागि ७ जना र खुल्ला मार्फत २ जना गरी ९ जना प्राध्यापक माग गरेको छ ।
न्युनतम योग्यता पुरा गरेका इच्छुक नेपाली नागरिकहरूबाट २०८१ बैशाख १ गते देखि जेठ ४ गते बजेसम्म नियमित र जेठ ११ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने जनाएको छ ।
त्रिवि सेवा आयोगको वेवसाइट www.tusc.tu.edu.np मा अंकित अनलाइन एप्लिकेशन मार्फत अनलाइन दरखास्त दिन सकिन्छ ।

न्यूनतम योग्यता
१. खुल्ला प्रतियोगिताका लागि उमेरको हद ५० वर्ष ननाघेको हुनु पर्नेछ ।
२. आन्तरिक तथा खुल्ला प्रतियोगिताको लागि आवश्यक न्यूनतम योग्यता त्रि.वि. शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम, २०५० (२०८०/३/१२ गतेसम्मको संशोधन सहित) र “त्रि.वि. शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी विनियम, २०७५ (२०७७ माघ ४ गते सम्मको संशोधन सहित)“ मा तोकिए बमोजिम हुनेछ । उल्लेखित नियम तथा विनियम आयोगको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।
३. आवेदन दस्तुर रु. ३,५००/– (तीन हजार पाँच सय) नेपाल बैंक लिमिटेडको खाता नं. ०४५००१००१०२७६२०००००१ मा जम्मा गरी सो को भौचर आवेदन फारामका साथ अपलोड गर्नु पर्नेछ ।