Jul 28 2026 | २०८३, श्रावण १२ गते

त्रिविद्वारा २ जना उप प्राध्यापकलाई स्पस्टिकरण माग।

त्रिविद्वारा २ जना उप प्राध्यापकलाई स्पस्टिकरण माग।

  • 504
    SHARES

  • त्रिविद्वारा २ जना उप प्राध्यापकलाई स्पस्टिकरण माग।

    बैशाख, ४ गते काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय रजिस्ट्रारको कार्यलयले शिक्षाशास्त्र संकाय, शिक्षाशास्त्र केन्द्रिय बिभाग किर्तिपुरका अंग्रेजी शिक्षा बिभागका उपप्राध्यापक लक्ष्मी प्रसाद ओझा र जगदीश पौडेललाई स्पस्टिकरण माग गरेको छ। बिश्वबिद्धालय संग केही समयको बिदामा बसेका तर बर्षौ हुदा समेत सम्पर्कमा नआएपछि बिश्वबिद्धालयले स्पस्टिकरण माग गरेको हो।

    शिक्षाशास्त्र संकाय, शिक्षाशास्त्र केन्द्रिय बिभाग किर्तिपुरका अंग्रेजी शिक्षा बिभागका उपप्राध्यापक लक्ष्मी प्रसाद ओझा मिति २०७५ साउन २० गते देखि २०८० साउन २० गते सम्म ५ बर्ष र उप प्राध्यापक जगदीश पौडेल २०७६ भदौ १ गते देखि २०८० साउन मसान्तसम्म ४ बर्ष नियम अनुसार बिदा लिइ जानुभएकोमा उक्त बिदाको स्वीकृति अवधी समाप्त भई २०८० साउन २१ र २०८० भदौ १ गतेदेखि बिभागमा हाजिर हुनुपर्नेमा हालसम्म समेत्सम्पर्कमा नआएकोले स्पस्टिकरण माग गरिएको सूचनामा उल्लेख छ।

    बिश्वबिद्धालय रजिस्ट्रारको कार्यलय, कर्मचारी महाशाखाले त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० को परिच्छेद (९) को नियम ६५ मा तोकिएबमोजिम स्वीकृत नलिई काममा अनुपस्थित हुनुनुदैन साथै ऐ.नियमको परिच्छेद -१० को नियम ८४ (१) (६) अनुसर लगातार ९० दिन सम्म बिना सउचना बिभागमा अनुपस्थित भएमा सेवा बाट हटाउन सकिने प्राबधान रहेकोमा यहाँहरुलाइ उक्त अभियोगमा मिति २०८० चैत २० गतेको निर्माण अनुरुप गोरखापत्रमा सूचना जारी भएको मितिले १५ दिन भित्र स्पस्टिकरण पेश गर्न सुचित गरिएको छ।

    यस्तो छ सूचना ।

    PSX_20240416_072523.png

    images
    मंगलवार, बैशाख ४ २०८१०८:०१:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार