मंगलवार, बैशाख ४ २०८१
बैशाख, ४ गते काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहको परीक्षा आवेदन फाराम भर्न सूचित गरेको छ । जेठ महिनामा परीक्षा सञ्चालन हुने भएकोले परीक्षार्थीहरूलाई परीक्षा आवेदन फाराम भरी बुझाउन भनेको हो ।
परिषद्का आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत डिप्लोमा इन इन्जिनियरिङ तर्फका कार्यक्रमहरू, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वर्क्स, इन्टरप्रेनरसिप डेभलपमेन्ट र कृषि (बाली विज्ञान र पशु विज्ञान) तेस्रो बर्ष प्रथम खण्डको नियमित तथा आंशिक परीक्षाका लागि परीक्षा आवेदन फाराम भर्न सूचना उलेख गरिएको छ।
परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम भरी बैशाख १६ गतेभित्र नियमित शुल्कमा र बैशाख २३ गतेभित्र विलम्ब शुल्कमा बुझाउन सक्ने जनाएको छ ।
त्यसैगरी प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम र विपन्न) अन्तर्गत डिप्लोमा इन सिभिल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ (स्पेसलाइजेसन इन हाइड्रोपावर), अटोमोबाइल इन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, रेफ्रिजेरेसन एन्ड एयरकन्डिसनिङ, इन्फर्मेसन टेक्नोलोजी, फुड एन्ड डेरी टेक्नोलोजी, होटल म्यानेजमेन्ट, इन्टरप्रेनरसिप डेभलपमेन्ट तथा कृषि (बाली विज्ञान र पशु विज्ञान) कार्यक्रमको तेस्रो वर्ष प्रथम खण्डको नियमित÷आंशिक परीक्षा र २०८० बैशाख महिनामा भर्ना भई अध्ययनरत डिप्लोमा इन एग्रीकल्चर, डिप्लोमा इन सिभिल, बायोमेडिकल, सिभिल, जियोमेट्रीक्स इन्जिनियरिङ कार्यक्रम प्रथम बर्ष दोस्रो खण्ड समेतका नियमित परीक्षा जेठ महिनामा संचालन हुने भएकाले माथि उल्लेखित मिति र समयमा आवेदन फारम भर्न सुचित गरेको छ।
