Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीले थेसिस लेखनका लागि आर्थिक सहयोग पाउने।

त्रिविमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीले थेसिस लेखनका लागि आर्थिक सहयोग पाउने।

  • 775
    SHARES

  • त्रिविमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीले थेसिस लेखनका लागि आर्थिक सहयोग पाउने।

    बैशाख, ४ गते काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका विभागमा अध्ययनरत उत्कृष्ट विद्यार्थीले थेसिस लेखन तथा अनुसन्धानका लागि आर्थिक सहयोग पाउने भएका छन् । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) र नेपाल र एशियाली अध्ययन केन्द्र (सीनास) बीच भएको सम्झौता अनुसार आर्थिक सहयोग पाउने भएका हुन् ।

    FB_IMG_1713266853753.jpg

    त्रिभुवन बिश्वबिद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका सबै केन्द्रीय विभागका १/१ जना उत्कृष्ट विद्यार्थीले थेसिस/अनुसन्धानमा सहयोग पाउने सम्झौतामा उल्लेख छ। शैक्षिक सत्र २०८०/८१ देखि लागु हुने गरी सो सिनासवृत्ति उपलब्ध गराउन समझदारी भएको जनाइएको छ । त्यसका लागि त्रिवि स्ववियु सभापति श्यामराज ओझा र सीनासका कार्यकारी निर्देशक डाक्टर मृगेन्द्र बहादुर कार्कीबीच समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ।

    समझदारी अनुसार त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गतका केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरूको शोधकार्य सम्पन्न गर्नका लागि प्रति विभाग १ विद्यार्थीलाई २५ हजार प्रदान गरिने बताइएको छ।

    यस्तो छ सम्झौता पत्र !

    FB_IMG_1713266856230.jpg

    images
    मंगलवार, बैशाख ४ २०८१०५:११:४४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार