बुधवार, बैशाख ५ २०८१
बैशाख,५ काठमाडौ । पाठ्यक्रम बिकास केन्द्रले विद्यालय तहमा पाठ्यक्रम केन्द्रबाट अनुमति/ स्वीकृती प्राप्त बाहेक अन्य पाठ्यपुस्तक/पाठ्यसामग्री/सिकाइ सामग्री प्रयोग गरिएको पाइएमा नियमानुसार कारबाही गर्न सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गरेको छ। शिक्षा ऐन २०२८ (संशोधनसहित) दफा ८ तथा शिक्षा नियमावली २०५९ (संसोधनसहित) को दफा ६ मा बिद्यालयले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यसामग्री लागू पर्नुपर्ने कानुनी ब्यबस्था रहेको भन्दै त्यसबाहेक प्रयोग हुने सिकाइ सामाग्री प्रयोग भए कार्बाही गर्न पत्राचार गरेको हो।
केही बिद्यालयहरुले कानुनी व्यवस्थाको प्रतिकुल हुनेगरी आफुखुसी पाठ्यक्रम बिकास केन्द्रबाट स्वीकृत नभएका पाठ्यपुस्तक र बिदेशी पाठ्यपुस्तकहरु पनि प्रयोग गरेको बहन्ने बइषयमा विभिन्न संचार माध्यममा प्रकाशित तथा अभिभावकहरुबाट समेत प्राप्त गुनासोको आधारमा केन्द्रले ध्यानाकर्षण गर्दै यस्तो पात्राचार गरेको सुचनामा उल्लेख छ।
साथै पाठ्यपुस्तक/पाठ्यसामग्री/सिकाइ सामग्री प्रयोग गरिएको पाइएमा सबै स्थानीय सरकार र शिक्षा विकास तथा समन्वय एकाइहरू तत्सम्बन्धमा नियमित अनुगमन गर्नुहुन र अनुगमनका क्रममा कानुनी व्यबस्थाको प्रतिकुल हुनेगरी त्यसप्रकारका पाठ्यपुस्तक प्रयोग गरेको पाइएमा नियम अनुसार कार्बाही गर्न अनुरोध समेत गरेको छ।
