Oct 02 2026 | २०८३, आश्विन १६ गते

द सनसाईन स्कुल/कलेजको बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

द सनसाईन स्कुल/कलेजको बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

  • 2.1K
    SHARES

  • द सनसाईन स्कुल/कलेजको  बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

    बैशाख, ८ गते काठमाडौ । द सन्साईन स्कुल /कलेजले कक्षा १२ म्यानेजमेन्ट समुहमा अध्यनरत विद्यार्थीलाई भव्य कार्यक्रमका विच वधाई तथा शुभकामना ब्यक्त गरेको छ। कार्यक्रम कक्षा ११ का विद्यार्थीहरुले आयोजना गरेको हो।

    IMG-20240420-WA0006.jpg

    बधाइ तथा सम्मान कार्यक्रम कक्षा ११ का विश्वास तामाङको सभापतित्व र कलेजका प्राचार्य श्री बाबुराम गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कक्षा ११ कै राजेश पौडेलले सन्चालन गरेका थिए।साथै कार्यक्रममा कलेजका सह प्राचार्य तेजप्रसाद भण्डारि, को अर्डिनेटर श्री प्रवेश के सी, विषय शिक्षकहरु चन्द्र कु वाग्ले, कृष्णप्रसाद उपाध्याय, कुमार प्रशान्त सिंह, माधव घिमिरे, असोक लामिछाने र सुरज महर्जन लगायतले बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो।

    IMG-20240420-WA0010.jpg

    कार्यक्रममा शैक्षिकसत्र २०८० मा विभिन्न बिधामा उत्कृष्ट नितजा प्राप्त गर्ने विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो । साथसाथै कक्षा १२ का विद्यार्थिलाई उच्च सोच र पबित्र भाव उत्पन्न होस भन्दै रुद्राक्षको माला लगाईदिएर मायाको चिनो वितरण गरिएको थियो। अन्त्यमा सभापति प्राचार्य बाबुराम गौतमले उज्वल भविश्यको कामना गर्दै कार्यक्रमको समापन गर्नुभयो।

    IMG-20240420-WA0013.jpg

    डि जि स्कुल करिकुलम, स्मार्ट कक्षाहरु संचालन गर्दै आएको काठमाडौ महानगरपालिका १५- विजेश्वरिमा अवस्थित द सनसाइन स्कुल / कलेज पछिल्ल‍‍ो समयमा आफुलाई अव्वल साबित गर्दै विद्यार्थिहरुको रोजाईमा समेत पर्दै आएको छ।

     

    images
    शनिवार, बैशाख ८ २०८१०८:५१:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार