Jul 28 2026 | २०८३, श्रावण १२ गते

उपकुलपति बरालले प्रस्तुत गरेको त्रिवि सञ्चालन र ब्यबस्थापनसम्बन्धी सोच-पत्र वेबसाईटमा सार्वजनिक।

उपकुलपति बरालले प्रस्तुत गरेको त्रिवि सञ्चालन र ब्यबस्थापनसम्बन्धी सोच-पत्र वेबसाईटमा सार्वजनिक।

  • 654
    SHARES

  • उपकुलपति बरालले प्रस्तुत गरेको त्रिवि सञ्चालन र ब्यबस्थापनसम्बन्धी सोच-पत्र वेबसाईटमा सार्वजनिक।

    बैशाख, ९ गते काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उपकुलपति प्रा.डा. केशरजंग बरालको त्रिवि सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच-पत्र बिश्वबिद्यालयको वेबसाईटमा सार्वजनिक गरिएको छ । उपकुलपति बरालले खुला प्रतिस्पर्धात्मक प्रस्तुति तथा अन्तर्वार्तामा प्रस्तुत गरेको ‘त्रिभुवन विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच-पत्र’ त्रिभुवन बिश्वबिद्यालयको वेबसाइटमा राखिएको हो ।

    २३ पृष्ठ लामो ‘त्रिभुवन विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनसम्बन्धी सोच-पत्र’ मा उपकुलपति बरालले विश्वविद्यालयको गुणस्तर अभिवृद्धि र प्रभावकारिता, विश्वविद्यालयको सम्पत्तिको आर्जन, उपयोग र आत्मनिर्भरता, आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूको सुदृढीकरण, विश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको केन्द्रको रूपमा विकास गर्ने, र विश्वविद्यालयको पारदर्शिता र जवाफदेहितासम्बन्धी अवधारणा राखेका छन् ।

    त्यसैगरी बरालले सोछ-पत्रमा बिश्वबिद्यालयको व्यावसायिक योजनालाई बिस्तृत रुपमा प्रास्तुत गरेका छन। साथै उपकुलपति बरालले त्रिविको समग्र उत्तीर्ण दर कम देखिएकोले राष्ट्र र अभिभावकको लगानी खेर गएको र उच्च शिक्षाको उत्पादन लागत बढी देखाएको उल्लेख गरेका छन् ।

    सोच-पत्रमा त्रिभुवन बिश्वबिद्यालयको भिमकाय संरचनालाइ ब्यबस्थापन गर्न प्रदेश बिश्वबिद्यालयको स्थापना गर्न आवस्यक रहेको उल्लेख छ। साथै पोखराको पृथ्वीनारायण क्याम्पस, विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसलाई उपाधि दिने संस्थाका रूपमा विकास गरिने पनि सोचपत्रमा उल्लेख छ ।

    त्यसैगरी विश्वविद्यालयले दिने सेवालाई विकेन्द्रीकरण गर्न केन्द्रबाहेक क्षेत्रीय स्तरमा रहेका परीक्षा नियन्त्रण कार्यालयलाई सुविधा सम्पन्न बनाउने योजना पनि त्रिविले बनाएको छ । विश्वविद्यालयका विभिन्न सङ्काय अन्तर्गत सञ्चालनमा रहेका केन्द्रीय विभागलाई गाभेर महाविद्यालय बनाइने र त्यसको नेतृत्व सम्बन्धित सङ्कायका डिनले गर्ने व्यवस्था गरिने उल्लेख छ । महाविद्यालयमा पढाउन प्राध्यापकको न्यूनतम योग्यता विद्यावारिधि बनाइने योजना पनि उपकुलपति बरालको छ ।  

    यस्तो छ सोच-पत्र

    https://drive.google.com/file/d/19GXhCaMxnUzWwKiEAsa3A7fZ21U_Q_oh/view?usp=drivesdk

     

    images
    आइतवार, बैशाख ९ २०८१०६:३१:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार