Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविले अङ्ग्रेजी भाषा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै।

त्रिविले अङ्ग्रेजी भाषा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै।

  • 698
    SHARES

  • त्रिविले अङ्ग्रेजी भाषा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै।

    बैशाख, ९ गते काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अङ्ग्रेजी भाषा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। बिश्वबिद्यालय अङ्ग्रेजी शिक्षा विभागले आगामि वैशाख १५ र १६ गते अङ्ग्रेजी भाषा शिक्षण तथा प्रायोगिक भाषा विज्ञान सम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको हो।

    त्रिवि केन्द्रीय क्याम्पसको अडिटोरियम हलमा हुने सम्मेलनमा अंग्रेजी भाषा शिक्षणमा रूपान्तरण नव-प्रवर्तन, सहकार्य र उत्प्रेरणा विषयमा छलफल हुनेछ । सम्मेलनमा नेपालसहित १२ राष्ट्र गरी ५ सय जना भन्दा बढी विज्ञहरूको सहभागिता रहने जनाइएको छ ।

    सम्मेलनका संयोजक तथा अंग्रेजी शिक्षा विभाग प्रमुख डा. गोपालप्रसाद पाण्डेका अनुसार अंग्रेजी भाषा शिक्षणमा हालका प्रवृत्ति र विधिहरू साझेदारी गर्न सम्मेलन आयोजना बताइएको छ। शिक्षक शिक्षा,शिक्षकहरूको पेसागत विकास, भाषा शिक्षणमा रूपान्तरण, शिक्षणमा उत्प्रेरणा र सहकार्य, नव प्रर्वदनमा आधारित भाषा शिक्षण पद्धति, शिक्षण र प्रविधि लगायतका शीर्षकहरूमा ९० भन्दा बढी अनुसन्धानकर्ताहरूबाट कार्यशाला सञ्चालन एवं कार्यपत्रहरू प्रस्तुत गरिने डा. पाण्डेले जनाएका छन् ।

    सम्मेलनमा त्रिविका उपकुलपति प्रा.डा.केशर जङ्ग बरालले उद्घाटन गर्ने सम्मेलनमा अन्तर्राष्ट्रिय विश्वविद्यालय मलेसियाका प्राध्यापक डा. ङग्ग म्यु लुआन, त्रिविका पूर्व उपकुलपति प्रा. डा. तीर्थ राज खनियाँलगायतले प्रवचन दिने छन् । सम्मेलनको मूल वक्ता नेपालस्थित अमेरिकी दूतावासका रिजनल इङ्लिस ल्याङ्वेज अफिसर रोजर कोहेन रहेका छन् ।

    स्थानीय र वैश्विक शिक्षण पद्धतिहरूलाई एकल मञ्चमा ल्याउने, सामाजिक, सांस्कृतिक र भू–राजनीतिक सन्दर्भहरूमा अङ्ग्रेजी पढाउने सम्भावनाहरू अन्वेषण, मिडिया र सामग्रीहरू समावेश गर्दै अङ्ग्रेजी भाषा शिक्षणका विद्यमान अनुसन्धानमूलक अभ्यासहरूलाई उत्कृष्ट बनाउने, अङ्ग्रेजी भाषा शिक्षणका हालका प्रवृत्ति र विधिहरू साझेदारी गर्नका लागि राम्रो मञ्च सिर्जना गर्नु र इ.एल.टी. पद्धति र अभ्यासमा परिवर्तनका लागि निरन्तरता, सहयोग र प्रेरणा प्रदर्शन गर्ने विभागको परम्परालाई निरन्तरताका साथै त्रिविको अङ्ग्रेजी शिक्षा विभागलाई शैक्षिक उत्कटताको केन्द्रको रूपमा स्थापित गर्नेलगायतका उद्देश्यले सम्मेलन आयोजना गरिएको बताइएको छ।

    images
    आइतवार, बैशाख ९ २०८१०३:२९:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार