बुधवार, बैशाख १२ २०८१
बैशाख, १२ गते काठमाडौ । नेपाल र कतारबिच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान गर्ने समझदारी भएको छ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा बुधबार भएको द्विपक्षीय वार्तामा सो सम्झौता र समझदारी भएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार परराष्ट्र मामिला संस्थान (आइएफए) र मन्त्रालयको कूटनीतिक संस्थानबीच कूटनीतिक तालिम र शिक्षा क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उहाँहरूको उपस्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबिच समाचार आदानप्रदान, तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यसका अलावा कला संस्कृति, युवा र खेलकुद, कूटनीतिक तालिम र कानुनी निकायहरूबीच सहकार्य गर्ने सहमति भएको छ । भने दुईटा समझदारी नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबिच भएको छ । गैसरकारी स्तरमा भएको सम्झौतामा नेपालमा संयुक्त व्यापार परिषद् स्थापना गर्ने उल्लेख छ ।
1. Memorandum of Understanding for Cooperation in the Fields of Culture and Arts between the Ministry of Culture, Tourism and Civil Aviation of Nepal and the Ministry of Culture of the State of Qatar
2. Agreement on Cooperation and Exchange of News between National News Agency, Nepal (RSS) and Qatar News Agency (QNA)
3. Memorandum of Understanding (MoU) for Cooperation in the Field of Education, Higher Education and Scientific Research between the Government of Nepal and the Government of the State of Qatar
4. Memorandum of Understanding on Cooperation in the Field of Youth and Sports between the Government of Nepal and the Government of the State of Qatar
5. Memorandum of Understanding for Cooperation between the Office of the Attorney General of Nepal and the Public Prosecution of the State of Qatar
6. Memorandum of Understanding on Cooperation in the Field of Diplomatic Training and Education between The Institute of Foreign Affairs (IFA) of the Government of Nepal and The Diplomatic Institute of the Ministry of Foreign Affairs of the State of Qatar