Jul 27 2026 | २०८३, श्रावण ११ गते

दुई सय ३ विद्यालयले दिए नाम परिवर्तनको लागि निवेदन।

दुई सय ३ विद्यालयले दिए नाम परिवर्तनको लागि निवेदन।

  • 616
    SHARES

  • दुई सय ३ विद्यालयले दिए नाम परिवर्तनको लागि निवेदन।

    वैशाख १३, गते बिहीवार । काठमाडौ महानगरपालिकाले निजि तथा संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जारी गरेपछि हालसम्म २०३ विद्यालय सम्पर्कमा आएको जनाइएको छ।

    महानगरले विदेशी नाम भएका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तनका लागि गत चैत २१ गते सार्वजनिक सूचना गरेको थियो। शिक्षा नियमावली, २०५९ (संशोधनसहित)को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था बमोजिम महानगरले सो सूचना जारी गरेको थियो ।

    काठमाडौ महानगरपालिका शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलका अनुसार नाम परिवर्तनको लागि निवेदन दिएकामध्ये केहीले यसअघिकै नाम उचित भनेका छन् भने केहीले नयाँ नाम प्रस्ताव गरेको बताइएको छ।

    महानगरले जारी गरेको सूचनामा एक हप्ताको समय दिइएको भए पनि नाम परिवर्तनका लागि संस्थागत विद्यालय आउनेक्रम जारी रहेकोले सूचना प्रकाशित भएको ३५ दिनसम्म पनि विद्यालयको आग्रहलाई स्वीकार गर्ने निर्णय भएको पोखरेलले जानकारी दिइन् ।

    हाल काठमाडौ महानगरपालिकामा पाँच सयभन्दा बढी निजी विद्यालय रहेका सञ्चालनमा छन् । तोकिएको समयसम्म पनि सम्बन्धित विद्यालयले नाम परिवर्तनका लागि आलटाल गरे कानुनअनुसार कारबाही गर्ने महानगरले चेतावनी समेत दिएको छ । रासस

    images
    बिहिवार, बैशाख १३ २०८१०४:१३:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार