Jul 27 2026 | २०८३, श्रावण ११ गते

नियमित पठनपाठन प्रभावित हुनेगरी अन्यत्र कार्य नगर्न/नगराउन निर्देशन।

नियमित पठनपाठन प्रभावित हुनेगरी अन्यत्र कार्य नगर्न/नगराउन निर्देशन।

  • 476
    SHARES

  • नियमित  पठनपाठन प्रभावित हुनेगरी अन्यत्र कार्य नगर्न/नगराउन निर्देशन।

    बैशाख, १४ गते शुक्रवार । काठमाडौं महानगरपालिकाले विद्यालयमा कार्यरत शिक्षकलाई बिद्यालय समयभित्र अन्यत्र कार्य नगर्न /नगराउन निर्देशन दिएको छ।

    महानगरले एक सूचना जारि गर्दै बिद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी विद्यालय समयभित्र एसईईको उत्तरपुस्तिका परीक्षण गर्ने कार्यलगायत अन्य कार्य नगर्न निर्देशन दिएको हो।

    “विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी विद्यालय समयभित्र एसईईको उत्तरपुस्तिका परीक्षण गर्ने कार्यलगायत अन्य कार्यहरूमा शिक्षकहरूलाई नपठाउनु हुन र शिक्षकहरूलेसमेत यसै सूचनालाई आधार मानी विद्यालय समय भित्र विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी अन्यत्र कार्यमा संलग्न नहुनु हुन अनुरोध छ” सूचनामा भनिएको छ । साथै त्यस्तो कार्य गरेको पाइए प्रचलित ऐन, कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

    images
    शुक्रवार, बैशाख १४ २०८१०८:०७:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार