Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौँबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँबाट नक्कली परीक्षार्थी पक्राउ

  • 552
    SHARES

  • काठमाडौँबाट नक्कली परीक्षार्थी पक्राउ

    बैशाख, १४ गते शुक्रबार । काठमाडौँको एउटा परीक्षा केन्द्रबाट एकजना नक्कली परिक्षार्थी प्रहरिले पक्राउ गरेको छ। ठुलो भर्‍याङ स्थित रेन्बो इन्टरनेशनल कलेजबाट प्रहरीले नक्कली परीक्षार्थीलाई पक्राउ गरेको हो।

    शुक्रबारबाट सुर भएको कक्षा १२ को परीक्षामा अर्काको नाममा परीक्षा दिन गएका जाजरकोटको छेडागाड नगरपालिका-५ घर भई काठमाडौं बागबजार बस्दै आएका २३ वर्षीय आदेशजंग शाहीलाई रेन्बो कलेजबाट प्रहरीले पक्राउ गरेको बताइएको छ ।

    उनी शान्ति विद्यागृह ठहिटीमा अध्ययनरत टंक बहादुर घर्तीको नाममा २३ वर्षीय आदेश परीक्षा दिन सो केन्द्र पुगेका हुन्। परीक्षा दिइरहेको अवस्थामा उनलाई पक्राउ गरेर प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान गरिरहेको छ ।

    images
    शुक्रवार, बैशाख १४ २०८११०:२०:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार