Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षा नियमावली नवौ संसोधन

कोभिड १९ का कारण यसपटक कक्षा १० मा बिधालय स्थानन्तरण गर्न पाइने !

कोभिड १९ का कारण यसपटक कक्षा १० मा बिधालय स्थानन्तरण गर्न पाइने !

  • 488
    SHARES

  • कोभिड १९ का कारण यसपटक कक्षा १० मा बिधालय स्थानन्तरण गर्न पाइने !

    सरकारले एसईई  विद्यार्थीलाई विद्यालय स्थानान्तरणको सुविधा दिने भएको छ । शिक्षा  क्षेत्र कोभिड १९ का कारण  प्रभावित भएको र अध्ययनका क्रममा  बिधार्थी  पायक पर्ने जिल्लामा  ठाउमा स्थानान्तरण भएको भन्दै सरकारले एक पटकका लागि स्थानान्तरणको सुविधा उपलब्ध गराउने भएको हो । 

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले शिक्षा नियमावली नवौ संशोधन गर्दै  स्थानान्तरणको सुविधा दिने प्रावधान  गरिएको जानकारी दिनुभयो । यो निर्णयसँगै अब विद्यालय परिवर्तन गरी अध्ययन गरेका कक्षा १० का विद्यार्थीले सोही विद्यालयबाट परीक्षा दिन पाउने छन् । विद्यार्थीलाई परीक्षामा सहभागी हुन सहज होस् भनेर नै यस खालको प्रबन्ध गरिएको हो ।

    विगतमा विद्यार्थी स्थानान्तरण गरी परीक्षा दिने र त्यसकै माध्यमबाट परीक्षा उत्तीर्ण गराउने गतिविधि बढेपछि सरकारले कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई स्थानान्तरणमा रोक लगाएको थियो । हाल सरकारको यो निर्णयसँगै एसईईमा विद्यार्थीले परीक्षा छाड्ने दर कम हुने अनुमान गरिएको छ ।

    शिक्षा मन्त्रालयका प्रबक्ता शर्माले भन्नुभयो, “स्थानान्तरण एक पटकका लागि मात्रै हो | तर आगामी वर्ष पनि कोरोना जस्तै सङ्क्रमण भएको अवस्थामा भने यस खालको प्रबन्ध गर्न सक्ने बाटोसमेत नियमावलीले खोलिदिएको छ ।

    ” नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको वर्ष पनि सरकारले एसईईका विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिएको थियो ।भूकम्पबाट अति प्रभावित १४ जिल्लाका विद्यार्थीलाई मन्त्रिपरिषद्ले विशेष निर्णय गरी यस खालको सुविधा विद्यार्थीलाई दिइएको थियो तर यस पटक भने शिक्षा नियमावलीमा नै संशोधन गरिएको हो ।

     

    images
    बुधवार, फाल्गुण ५ २०७७०१:१०:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार