Jul 27 2026 | २०८३, श्रावण ११ गते

पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौं दीक्षान्त समारोहमा सात हजार ८५६ विद्यार्थी दीक्षित

पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौं दीक्षान्त समारोहमा सात हजार ८५६ विद्यार्थी दीक्षित

  • 810
    SHARES

  • पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौं दीक्षान्त समारोहमा सात हजार ८५६ विद्यार्थी दीक्षित

    बैशाख, १४ गते शुक्रबार । पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने ७ हजार ८५६ विद्यार्थी दीक्षित भएका छन् । शुक्रवार आयोजित दिक्षान्त समारोहमा विश्वविद्यालयका कूलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यार्थीलाई दिक्षित गरेका हुन्।

    FB_IMG_1714149176496.jpg

    दिक्षान्त समारोहमा कला सङ्कायमा स्नातक तहमा ८२ र स्नातकोत्तर तहतर्फ ७६ जनालाई दीक्षान्त उपाधि प्रदान गरिएको छ । कानुन सङ्कायमा स्नातकतर्फ २६४ र स्नातकोत्तर १०७, शिक्षाशास्त्र स्नातक तहमा ६३६ र स्नातकोत्तरतर्फ १६७, व्यवस्थापन सङ्कायमा स्नातक तहतर्फ एक हजार ५४२, स्नातकोत्तरतर्फ ७६० र एमफिल तहका तीन जनालाई उपाधि प्रदान गरिएको छ ।

    विश्वविद्यालयका अनुसार विज्ञान तथा प्रविधि सङ्काय स्नातकतर्फ६३४, स्नाकोत्तरतर्फ ५२ जना विद्यार्थीलाई दीक्षित गरिएको छ । साथै इञ्जिनियरिङ सङ्काय स्नातकतर्फ ८९२, स्नातकोत्तरतर्फ १०८ जनालाई दीक्षित गरिएको छ । त्यस्तै चिकित्साशास्त्र सङ्काय स्नातकतर्फ दुई हजार ४६३, स्नातकोत्तर तहमा १५ जना गरी जम्मा दुई हजार ४७८ जनालाई उपाधि प्रदान गरिएको छ।

    1000001615.jpg

    समारोहमा प्रधानमन्त्री प्रचण्डले कान्तिपुर सिटी कलेजको ‘ब्याच २०२०’का छात्र ढुङ्गानाले सिजिपिए तीन दशमलव ७५ ल्याएकोमा उत्कृष्ट उपाधी प्रदान गर्नुभयो ।

    मोरङको सुन्दरहरैंचामा शुक्रबार आयोजित पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयको हित र उन्नतिका लागि नेपाल सरकारबाट सधैँ साथ सहयोग रहने बताउनुभयो । सोहि अवसरमा प्रचण्डले गोठगाउँस्थित विश्वविद्यालय हाताभित्र ३०० बेडको अस्पताल निर्माणको प्रक्रिया आगामी आर्थिक वर्षमा अगाडि बढाउने घोषणा गर्नुभयो। साथै प्रधानमन्त्री दाहालले आजै एमविविएस शैक्षिक कार्यक्रम सञ्चालनका लागि नवनिर्मित भवन पनि उद्घाटन गरेका थिए।

    PSX_20240426_222507.png

    कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । ‘पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयारगरी मेडिकल कलेज सञ्चालन गर्नुपर्छ । र यस क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ,’ प्रचण्डले भने, ‘मेरै पहलमा पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको अनुमति प्राप्त गरेको हो । आगामी दिनमा यस क्षेत्रको अधिक जनसंख्यालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्नेछु ।’

    दिक्षान्त समारोहमा प्रमुख अतिथि एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति, शिक्षाविद् तथा पूर्वराजदूत केदारभक्त माथेमाको सहभागिता रहेको थियो । समारोहमा विश्वविद्यालयका उपकुलपति डा शैलेषमणि पोखरेलले समुदायको आवश्यकता र प्राथमिकताका आधारमा विश्वविद्यालयको अध्ययन, अनुसन्धानको दायरा क्रमशः विस्तार गर्दै लैजाने नीति लिइएको बताए ।

    FB_IMG_1714149146901.jpg

    ‘पूर्वाञ्चल विश्वविद्यालय समुदाय’मा भन्ने नाराका साथ स्थानीय सरकारद्वारा सञ्चालित केही सामुदायिक शैक्षिक संस्थालाई शैक्षिक कार्यक्रम सञ्चालनको स्वीकृति प्रदान गर्नुका साथै प्रदेश, स्थानीय सरकार तथा समुदायको आवश्यकता र प्राथमिकताका आधारमा विश्वविद्यालयको अध्ययन, अनुसन्धानको दायरा क्रमशः विस्तार गर्दै लैजाने नीति लिइएको उनले बताए ।

    तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा विसं २०५२ मा विश्वविद्यालय स्थापना भएको विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा नर्सिङ, पब्लिक हेल्थ, फार्मेसी, कृषि, वनविज्ञानलगायतका कोर्सको अध्यापन भइरहेको छ ।

    images
    शुक्रवार, बैशाख १४ २०८११०:३८:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार