शनिवार, बैशाख १५ २०८१
बैशाख, १५ गते काठमाडौं– शिक्षक सेवा आयोगले प्राथमिक (प्रा.वि.) तह तृतीय श्रेणीको शिक्षक पदपुर्तिकको लागि खुला विज्ञापन खोलेको छ। आयोगले प्रा.वि. तहको ४६६२ जना शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो ।
आयोगको बैशाख १४ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुका लागि विज्ञापन खुला गरेको जनाएको छ।
आयोगले गरेको विज्ञापन अनुसार कोशीबाट १०७७, मधेशबाट ५०८, बाग्मतीबाट ११०३, गण्डकीबाट ८००,लुम्बिनीबाट ४९५,कर्णालीबाट १७७ र ३०२ रिक्त दरबन्दीका लागि विज्ञापन गरेको उलेल्ख छ।
इच्छुक उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरण भरी दरखास्त दिनुपर्नेछ ।







