आइतवार, बैशाख १६ २०८१
बैशाख, १५ गते काठमाडौ । नागार्जुन नगरपालिकाले चालू शैक्षिकसत्र देखि नगरभित्रका सबै सामुदायिक विद्यालयको शिक्षा निःशुल्क गरेको छ। पालिकाले अविभावकसँग असुल्ने विभिन्न शीर्षकको रकम विद्यालयलाई अनुदान प्रदान गरी नगरभित्रका सामुदायिक विद्यालयका शिक्षा निःशुल्क रूपमा प्रदान गर्न लागेको हो।
नगरपालिकाभित्र १९ वटा नामुदायिक विद्यालय छन्। नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले चालू शैक्षिकसत्र देखि नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई कार्यविधि बनाई आर्थिक अनुदान दिएर निःशुल्क शिक्षा गरिएको बताउनुभयो । यद्यपि कक्षा ११ र १२ को शिक्षा महंगो भएकाले निःशुल्क गर्न नसकिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले विद्यालयका सबै प्रधानाध्यापकसँग छलफल गर्दा विद्यार्थीसँग शुल्क नलिईकन विद्यालय चलाउने समस्या भएको बताएपछि नगरपालिकाले सामुदायिक विद्यालयलाई अनुदान रकम प्रदान गर्ने निर्णय गरेको छ। नगरपालिकाले एउटा विद्यालयलाई न्यूनतम १० लाख देखि अधिकदेखी८ लाखसम्म अनुदान प्रदान गर्ने बताइएको छ।
विद्यालयको कक्षा ८ र एसईईमा हाँसिल गरेको ग्रेड र बिद्यालयको आन्तरिक आम्दानीलगायत मापदण्डका आधारमा पालिकाले बिद्यालयलाइ अनुदान प्रदान गर्ने बताइएको छ। त्यसका लागि नगरपालिकाले २ करोड ५१ लाख रुपैयाँ बिद्यालयको खातामा जम्मा गरिसकेको बताइएको छ।
नगर प्रमुख बस्नेतका अनुसार सामुदायिक विद्यालयमा पर्याप्त दरबन्दी छैन। खर्च पनि पर्याप्त छैन। विद्यार्थीसँग रकम पनि नउठाउनु भनेर भन्दा न्यायोचित नहुने भएकाले नगरपालिकाले विद्यालयलाई अनुदान दिएर निःशुल्क पठनपाठन व्यवस्था मिलाइएको बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुमन अधिकारीले चालू शैक्षिक सत्रदेखि नै सामुदायिक विद्यालयमा पठनपाठन गर्ने कुनै पनि विद्यार्थीले शुल्क तिर्नु पर्दैन भनेर सबै विद्यालयको प्रवेशद्वारमै लेखेर निःशुल्क शिक्षा अभियान चलाइएको बताउनुभयो ।
नगरपालिकाले अनुदान दिएको रकमलाई विद्यालयले विद्याधीलाई पिउने पानी, मसलन्द खर्च, सुरक्षा गार्ड थप विषयगत शिक्षक, आवश्यकताका आधारमा थप पूर्वपाथमिक तहका सहयोगों कार्यकता, कोचिङ कक्षा सञ्चालनलगायतका सीमा खर्च गर्नुपर्ने गरी कार्यविधिमा व्यवच्या गरिएको छ।
नेपालको संविधानले कक्षा १ देखि सम्म आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क भनेको छ भने माध्यमिक तहको शिक्षा निःशुल्क भनिए पनि प्राय:जसो सामुदायिक विद्यालयले विभिन्न शीर्षकमा अभिभावकसँग शुल्क लिंदै आएका छन् ।