Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा १२ को परिक्षामा नक्कली परीक्षार्थीलाई जाँच दिलाएको आरोपमा प्रिन्सिपल पक्राउ

कक्षा १२ को परिक्षामा नक्कली परीक्षार्थीलाई जाँच दिलाएको आरोपमा प्रिन्सिपल पक्राउ

  • 603
    SHARES

  • कक्षा १२ को परिक्षामा नक्कली परीक्षार्थीलाई जाँच दिलाएको आरोपमा प्रिन्सिपल पक्राउ

    बैशाख, १५ गते काठमाडौ । कक्षा १२ को परीक्षामा नक्कली परीक्षार्थीलाई जाँच दिलाएको आरोपमा काठमाडौंको धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महत पक्राउ परेका छन् । आफ्ना भाइहरूलाई कक्षा १२ पास गराउनका नक्कली परीक्षार्थी खडा गरेको पाइएको हो ।

    यसअघि नै पासआउट भइसकेका विद्यार्थीहरूको फोटोको दुरुपयोग गरेर प्रिन्सिपल महतले नक्कली परीक्षार्थी खडा गरेर आफ्ना भाइहरूको परीक्षा दिलाउन खोजेको बताइएको छ।

    प्रिन्सिपल महतले हालसम्म एक जना विद्यार्थीलाई नक्कली परीक्षार्थी बनाएको प्रमाण भेटिएको र प्रोलिफिक स्कुलमा कम्तिमा ४ जना नक्कली परीक्षार्थी रहेको विवरणसहित शिक्षा मन्त्रालयमा उजुरी परेको थियो । मन्त्रालयले ४ जनाको सिम्बोल नम्बरसहित छानबिन गरिदिन भन्दै १२ वैशाखमा सचिवस्तरीय निर्णयबाट गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।

    शिक्षामत्रालय स्रोतका अनुसार प्रिन्सिपल महत समेतको संलग्नतामा स्कुलले आफ्नो फोटोको दुरुपयोग गरेको भन्दै लोकबहादुर भण्डारीले प्रहरी वृत्त महाराजगञ्जमा आफ्नो फोटो दुरुपयोग गर्नेमाथि कारबाही गर्न माग गर्दै उजुरी दिएका थिए ।

    त्यसरी परीक्षा दिएकामध्ये दुई जना महतका आफन्त समेत रहेका छन् । पक्राउ परेका महतलाई अहिले प्रहरी वृत्त, महाराजगञ्जमा राखिएको छ । यसमा अन्य व्यक्तिको संलग्नताबारे समेत छानबिन भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

    १४ वैशाखमा सुरु भएको कक्षा १२ को परीक्षा २६ वैशाखसम्म चल्नेछ ।

    images
    आइतवार, बैशाख १६ २०८१०१:५१:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार