Jul 27 2026 | २०८३, श्रावण ११ गते

परिक्षाहलमा केन्द्राध्यक्ष बाहेक अरुलाई मोबाइल बोक्न पूर्णत: निषेध।

परिक्षाहलमा केन्द्राध्यक्ष बाहेक अरुलाई मोबाइल बोक्न पूर्णत: निषेध।

  • 552
    SHARES

  • परिक्षाहलमा केन्द्राध्यक्ष बाहेक अरुलाई मोबाइल बोक्न पूर्णत: निषेध।

    बैशाख, १७ काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा परीक्षा हलमा केन्द्राध्यक्ष बाहेक अरुलाई मोबाइल बोक्न पुर्णत: निषेध गरिएको जनाएको छ।

    बोर्डले एक सूचना जारी गर्दै कक्षा १२ को वार्षिक परीक्षालाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न परीक्षा हलमा केन्द्राध्यक्ष बाहेक अन्य कसैलाई पनि मोबाइल लैजान पूर्णतः निषेध गरिएको जानकारी दिएको हो।

    राष्ट्रिय परिक्षा बोर्डले परीक्षा केन्द्रमा मोबाइल लैजान पूर्णतः निषेध गरिएको र विभिन्न तहबाट हुने अनुगमनका क्रममा परीक्षाको मर्यादा विपरीत कसैले मोबाइल साथमा राखेको वा प्रयोग गरेको पाइएमा नियमानुसार कारबाही हुने सुचनामा उल्लेख गरेको छ ।

    केही परीक्षा केन्द्रहरूमा मोबाइलको अनधिकृत प्रयोग भएको पाइएकोले परीक्षार्थीहरू समेतको मोबाइल जफत गरी कारबाही गरिएको ब्यहोरा बोर्डले जानकारी दिएको छ ।

    हेर्नुस सूचना ।

    FB_IMG_1714396309128.jpg

    images
    सोमवार, बैशाख १७ २०८१०९:२०:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार