मंगलवार, बैशाख १८ २०८१
बैशाख, १८ गते । काठमाडौँ महानगरपालिकाले निजि तथा संस्थागत विद्यालयको नाम परिवर्तन गर्न दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले महानगरकालाई विद्यालयको नाम नेपालीमा नामाकरण दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
यसअघि काठमाडौ महानगरले नेपाली पन झल्कने नामाकरण गर्न संस्थागत विद्यालयलाई महानगरले दिएको निर्देशन कानुन प्रतिकूल रहेको भन्दै संस्थागत विद्यालयहरू अदालत पुगेका थिए। संस्थागत विद्यालयहरूले सोमवार हालेको रिट निवेदनमाथि आज प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको हो।
सर्वोच्च अदालतले महानगरकालाई विद्यालयको नाम नेपालीमा नामाकरण दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश सहित कारण देखाउ आदेश दिँदै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
काठमाडौँ महानगरपालिकाले गत चैत २५ गते संस्थागत विद्यालयहरूलाई नेपाली पन झल्कने विद्यालयको नामाकरण गर्न निर्देशन दिएको थियो ।