Jul 27 2026 | २०८३, श्रावण ११ गते

अत्यधिक गर्मि बढेसंगै बुटवलका विद्यालयहरूमा दुईदिन बिदा

अत्यधिक गर्मि बढेसंगै बुटवलका विद्यालयहरूमा दुईदिन बिदा

  • 950
    SHARES

  • अत्यधिक गर्मि बढेसंगै बुटवलका विद्यालयहरूमा दुईदिन बिदा

    बैशाख, १९ गते काठमाडौं । अत्यधिक गर्मी बढेसंगै बुटवल उपमहानगरपालिकाले विद्यालयहरूमा दुईदिन बिदा दिने निर्णय गरेको छ । केही दिनयता अत्यधिक गर्मी बढेपछि उपमहानगरले सबै सामुदायिक तथा संस्थागत विद्यालयमा भोलि र पर्सि दुई दिन बिदा दिने निर्णय गरेको हो ।

    गर्मीसँगै तातो हावा चल्न थालेका कारण विद्यालयमा विद्यार्थीहरूको स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने सम्भावना देखिएकाले विद्यालयहरूले गर्न पाउने वार्षिक बिदाबाट कट्टी हुने गरी बिदा दिने निर्णय भएको उपमहानगरले जनाएको छ । यद्यपि राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालित कक्षा १२ का परीक्षाहरू भने नियमितरूपमा सञ्चालन हुनेछन् ।

    त्यसैगरी अत्याधिक गर्मी बढेपछि सर्लाहीको हरिवन नगरपालिकाले विद्यालयहरू वैशाख १९ गतेदेखि २२ गतेसम्म बिदा गर्ने निर्णय गरेको छ ।

    images
    बुधवार, बैशाख १९ २०८१०८:३५:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार