Jul 27 2026 | २०८३, श्रावण ११ गते

टुँडिखेलमा १० क्षेत्र र २९ पेशा सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ को शुभारम्भ

टुँडिखेलमा १० क्षेत्र र २९ पेशा सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ को शुभारम्भ

  • 642
    SHARES

  • टुँडिखेलमा १० क्षेत्र र २९ पेशा सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ को शुभारम्भ

    वैशाख १९, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर आजदेखि टुँडिखेलमा ‘सिप मेला २०८१’ सुरु गरेको छ । महानगरले २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित मेला थालिएको हो ।

    FB_IMG_1714565128360.jpg

    सिलाइका लागि कपडा काटेर र काटिएको कपडालाई मेसिनमा सिलाएर मेलाको समुद्घाटन गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, विगतका तालिमभन्दा अहिलेको तालिम फरक विशेषताको भएको बताउनुभयो ।

    ‘विगतमा पनि धेरै तालिम धेरै भए तर जनशक्ति आवश्यक पर्ने ठाउँमा सिपयुक्त जनशत्तिःको सधैँ अभाव नै छ । यो हेरेपछि हामीलाई थाहा भयो, तालिम दिनेले दिँदैमा र लिनेले लिँदैमा नतिजा नआउँदैन । विगतको यो अभ्यासलाई सुधार गर्दै हामीले उपलब्ध गराउने तालिमलाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ सँग जोडेका छौँ ।’ उहाँको भनाइ थियो ।

    FB_IMG_1714565160448.jpg

    यति धेरै सहभागी देख्दा थप जिम्मेवारी महसुस भएको छ । कार्यक्रम उपस्थित सहभागिताको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘धेरै संख्या देख्या एकातिर महानगरपालिकाप्रति यहाँहरुले गर्नुभएको विश्वासप्रति अझै काम गर्नु पर्ने महसुस भयो । अर्कोतिर देशमा वेरोजगारको ’यसलाई स्थानीय तहमा विस्तार गर्नु पर्ने देखियो । उहाँले थप्दै भन्नुभयो, ‘हामी आफैँसँग रोजगारीका अवसर छन् । यसलाई पहिचान गरौँ । यहीँ केही गर्न सकिन्छ । गरी खाने वातावरण बनाउन सकिन्छ । यतातिरको मनोविज्ञान विकास गरौँ ।’ सिपयुक्त जनशक्तिको माग र आपूर्तिका बिचमा अहिले देखिएको खाडल घटाउने तालिमको उद्देश्य हो ।

    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भन्नुभयो, ‘हामीले तालिम दिएका व्यक्तिहरु कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, हामी निरन्तर निगरानी गरिरहन्छौँ । उहाँले व्यावसायिक रुपमा प्राप्त गर्नुभएको उपलब्धीलाईं महानगरपालिकाका नयाँ तालिम कार्यक्रम सञ्चालन योजनामा आवद्ध गर्छौँ ।’ उहाँले काठमाडौँमा रहेका अनौपचारिक क्षेत्रका जनशक्तिलाई तालिम दिएर औपचारिक क्षेत्रमा ल्याउने बताउनुभयो ।

    FB_IMG_1714565178035.jpg

    अनलाइनबाट फाराम भर्न छुटेका वा अनलाइन फाराम भनै नसक्नेहरुले टुँडिखेलमै आएर फाराम भर्नु भएको छ । यसरी फाराम भर्नेको संख्या उल्लेख छ । फारामहरुलाई कम्प्युटरमा भर्ने काम भइरहेको छ ।

    उद्घाटन समारोहमा करिब ५ हजार ५ सय व्यक्ति सहभागी हुनुभएको सामाजिक विकास विभागका निमित्त प्रमुख बिमला कोइरालाले जानकारी दिनुभयो ।

    ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम उपलब्ध गराउनु कार्यक्रमका क्रियाकलाप हुन् ।

    1000001865.jpg

    तालिममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), नेपाल उद्योग परिसंघ (सीएनआइ), नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ (एफपी टीइएन), ग्लोकल, सिप्रदी ट्रेडिङ् र सीसीटिभी स्टेशन एण्ड स्मार्ट होमसँग तालिम सञ्चालन गर्न सहकार्य भएको छ । तालिम कार्यक्रममा रोजगारदाता (सरकारी, गैरसरकारी, निजी, उद्योग तथा वाणिज्य क्षेत्र, दातृ निकाय), शैक्षिक क्षेत्र (विद्यालय, विश्वविद्यालय र तालिम प्रदायक संघ संस्था), सामाजिक क्षेत्र सबै एकै ठाउँ छन् ।

    सिप विकासका लागि महानगरपालिकाले सञ्चालन गरेका अरु पनि तालिमका कार्यक्रम छन् । सामुदायिक विद्यालयको कक्षा ९ र १० मा ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत छोटो अवधिको सिपमूलक तालिम सञ्चालन हुन्छ । महानगर गौरव योजनाअन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रममा ३४ भन्दा धेरै पेशाका सिपमूलक तालिम छन् । ‘साइबर सेक्युरिटी’ मा ४ हजार व्यक्ति तालिम प्रदान गरिँदैछ । नजानेकालाई सिप सिकाउने, सिपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सिपयुक्त जनशक्ति उपलब्ध हुनेछन् । यी सबै कार्यक्रमबाट उत्पादन भएका जनशक्तिहरुलाई ‘सिप मेला’ मा रोजगारदाताहरुसँग सम्पर्क गराउनु मेला आयोजनाको अर्को उद्देश्य हो ।

    FB_IMG_1714565173896.jpg

    व्यावसायिक सिपका विषयमा जागरण सिर्जना हुने, समुदाय स्तरमा तालिम सञ्चालनको वातावरण निर्माण हुने, रोजगारी र उद्यमशीलताका लागि युवाहरुमा क्षमता विकास हुने अपेक्षा गरिएको छ ।

    सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना छ । सुरु गर्न लागिएका तालिममध्ये अटो मोवाइल्स एउटा क्षेत्र हो । यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरवाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार रिपेयर (इभी) विषय छन् ।

    दोस्रो निर्माण क्षेत्र हो । यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ् तालिम हुनेछ । हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा तेस्रो हो । यसमा वारिस्ता, फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटर/वेट्रेस प्रशिक्षण हुनेछ ।FB_IMG_1714579074332.jpg

    सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) चौथो क्षेत्र हो । यसमा डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरा विषय राखिएका छन् ।

    मेकानिकलमा वेल्डिङ् र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको तालिम हुनेछ । आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ । यी क्रमशः पाँचौँ र छैटौँ क्षेत्र हुन् ।

    FB_IMG_1714565139264.jpg

    सातौँ क्षेत्र गार्मेन्ट्स हो । यसमा टेलरिङ्÷ड्रेस मेकर र फेसन डिजाइनिङ्को कक्षा हुनेछ । आठौँ क्षेत्र व्युटिसियन (सौन्दर्य कला) हो । यसमा नेल आर्ट, मेक अप आर्ट, आइलेस आर्ट, हेअर कट एण्ड स्टाइल, र सैलुन प्रशिक्षण हुनेछ ।

    नवौँ क्षेत्र डिजाइनिङ् हो । यसमा साइन मेकिङ् प्रशिक्षण हुनेछ । दशौँ विधा पुरोहित हो । यसमा पुरोहित र ज्योतिष सम्बन्धी प्रशिक्षण हुनेछ ।

    तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ । यस दिन रोजगारदाताहरु स्टलमा रहनु हुनेछ । सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरु सम्पर्कमा गएर आफ्नो सिपका बारेमा बताउनु हुनेछ । यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्नु हुनेछ । रोजगारदाताले सिपयुक्त जनशक्ति प्राप्त गर्नुहुनेछ । #काठमाडौ महानगरपालिका 

    FB_IMG_1714565188639.jpg

    images
    बुधवार, बैशाख १९ २०८१०८:५९:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार