Jul 29 2026 | २०८३, श्रावण १३ गते

त्रिवि उत्तरपुस्तिका प्रकरण : परीक्षा नियन्त्रकलाई कार्बाही गर्न सिफारिस ।

त्रिवि उत्तरपुस्तिका प्रकरण : परीक्षा नियन्त्रकलाई कार्बाही गर्न सिफारिस ।

  • 701
    SHARES

  • त्रिवि उत्तरपुस्तिका प्रकरण : परीक्षा नियन्त्रकलाई कार्बाही गर्न सिफारिस ।

    बैशाख, २४ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानविन गर्न गठित उच्च स्तरीय समितिले परीक्षा नियन्त्रकलाई कारबाही गर्न सिफारिस गरेको छ । समितिले बुझाएको प्रतिवेदनमा परीक्षा नियन्त्रक पुष्पराज जोशीसहित सह परीक्षा नियन्त्रक, दुई जना शाखा प्रमुखलाई कारबाही गर्न सिफारिस गरेको हो ।

    उत्तरपुस्तिका हराएको विषयमा छानविन गर्न गठित उच्च स्तरीय समितिले गत विहीबार आफ्नो प्रतिवेदन त्रिविका उपकुलपति उपकुलपति प्राडा केशरजंग बराललाई बुझाएको थियो।

    स्रोतका अनुसार जिम्मेवार पदाधिकारीहरूले परीक्षामा चरम लापरबाही गरेका कारण अब विभागीय कारबाही गर्न प्रतिवेदनले सुझाएको छ ।

    यसअघि त्रिभुवन बिश्वबिद्यालय परिषद्को गत चैत १५ गते बसेको बैठकले राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष तथा त्रिविका पुर्व रजिस्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।

    उक्त उच्चस्तरीय समितिले गत विहीबार आफ्नो प्रतिवेदन त्रिविका उपकुलपति उपकुलपति प्राडा केशरजंग बराललाई बुझाएको छानविन सकितिका संयोजक प्राडा चन्द्रमणि पौडेलले बताए । ‘हामीले देखेका र भेटेका कुरा आफ्नो प्रतिवेदनमा बुझाएका छौं ।’ उनले भने, ‘अब प्रतिवेदन उपकुलपति कार्यालयमा छ ।’

    यो विषयमा के हुन्छ भन्नेकुरा भने अन्योल रहेको छ। तर आयोगले बुझाएको प्रतिवेदनका आधारमा भने परीक्षा नियन्त्रक पुष्पराज जोशीसहित सह परीक्षा नियन्त्रक, दुई जना शाखा प्रमुखलाई कारबाही गर्न उपकुलपति केशरजंग बराललाई दवाब सृजना भएको छ।

     

    images
    सोमवार, बैशाख २४ २०८१०७:३४:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार