Jul 27 2026 | २०८३, श्रावण ११ गते

राजनितिक पहुँचको आडमा एक सातादेखि विद्यालयमा तालाबन्दी

राजनितिक पहुँचको आडमा एक सातादेखि विद्यालयमा तालाबन्दी

  • 570
    SHARES

  • राजनितिक पहुँचको आडमा एक सातादेखि विद्यालयमा तालाबन्दी

    बैशाख, २५ गते काठमाडौ । बाराको निजगढ नगरपालिका वडा नम्बर १० स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा राजनीतिक अखडाका कारण गत मंगलबार देखि तालाबन्दी भएको छ।

    शिक्षक सेवा आयोगको परीक्षा उतिर्ण गरेकाहरुलाई जिल्ला शिक्षा समन्वय ईकाइ बाराको सिफारिसमा निजगढ नगरपालिका शिक्षा समितिले पदास्थापना गराएपछि स्थानीयहरुले राजनितीक पहुँचका आधारमा आफ्ना मान्छे विद्यालयमा ल्याउन दबाब दिँदै गएको मंगलबारदेखि तालाबन्दी गरेको बताइएको छ।

    स्थानीयका अनुसार नेपाली कांग्रेसबाट निर्वाचित निजगढ नगरपालिका वडा नम्बर १० का वडा सदस्य कुमार बहादुर मुक्तान, कांग्रेस १० का सभापति हिरा बहादुर मोक्तान, नेपाल राष्ट्रिय आधारभुत विद्यालय १० का अध्यक्ष सिद्धार्थ लोप्चनलगाएतले लालबाट करिब १५ मिनेटको दुरीमा रहेको निजगढ नगरपालिका वडा नम्बर १३ स्थित भगवती आधारभुत विद्यालयका प्रधानाध्यापक उदयराज अधिकारीलाई रिक्त दरबन्दीमा हाजिर गराउनुपर्ने भन्दै ताला बन्दी गरेका छन्।

    ४ सय ५० भन्दा बढी विद्यार्थी, १७ जना शिक्षक, कर्मचारी रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको स्थानीय राजनीतिक दलका कार्यकर्ताहरुको खिचातानीका कारण पठनपाठन सञ्चालन हुन सकेको छैन । स्थानीयहरुले माग गरेको शिक्षकको सरुवा प्रक्रिया पनि पूरा नभएको र नगर शिक्षा समितिले पदस्थापन गरेका शिक्षकहरुलाई प्राथमिकतामा राखेर हाजिर गराउनु पर्ने अवस्था रहेको बेला पनि स्थानीयबासीको एकोहोरो दबाबका कारण तालाबन्दी कहिले खुल्छ भन्ने यकिन नभएको मेयर पुरीको भनाई छ।

    यता विद्यालयमा तालाबन्दी गर्ने राजनीतिक दलका प्रतिनिधिहरु आफुले चाहेको नभएमा कुनै पनि हालतमा तालाबन्दी नखोल्ने चेतावनी दिइरहेका छन्।

    images
    मंगलवार, बैशाख २५ २०८१०८:३८:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार