Oct 02 2026 | २०८३, आश्विन १६ गते

दलको कार्यकारिणी सदस्यता त्याग्न शिक्षा बिकास तथा समन्वय इकाई डोल्पाको निर्देशन

दलको कार्यकारिणी सदस्यता त्याग्न शिक्षा बिकास तथा समन्वय इकाई डोल्पाको निर्देशन

  • 497
    SHARES

  • दलको कार्यकारिणी सदस्यता त्याग्न शिक्षा बिकास तथा समन्वय इकाई डोल्पाको निर्देशन

    काठमाडौँ- शिक्षा विकास तथा समन्वय इकाई डोल्पाले जिल्लामा कार्यरत विभिन्न राजनीतिक दलका भातृ शिक्षक संघ संगठनमा आबद्ध शिक्षकहरुलाइ राजनिती दलको कार्यकारिणी सदस्यता त्याग्न निर्देशन दिइएको छ।

    इकाईले एक सुचना जारी गर्दै २०८१ बैशाख ४ गतेको मन्त्री परिषदको बैठकको निर्णय भइ आएकोले सामुदायिक विद्यालयमा कार्यरत कुनैपनि शिक्षकले शिक्षा ऐन २०२८ दफा १६ को उपदफा ५ को खण्ड ६ मा रहेको कानुनी व्यवस्था र शिक्षा नियमावली २०५९ (संशोधन सहित) को प्रावधन साथै उच्च अदालत पाटनको उपरोक्त आदेश विपरीत राजनीतिक दलको सदस्यता लिई कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको भए त्यस्ता शिक्षकको विवरण एक साता भित्र पठाउन डोल्पाका सम्पूर्ण सामुदायिक विधालयहरुलाई परिपत्र गरिएको छ ।

    समयमै विवरण उपलब्ध नगराउने बिधालयका शिक्षक कुनै राजनीतिक दलको कार्यकारिणी सदस्य भएको उजुरी परेको खण्डमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाईने इकाई प्रमुख बस्नेतले बताए। साथै ऐन विपरीत कार्य गर्न कसैलाई पनि छुट नभएको उनले बताए।

    डोल्पा जिल्लामा १ सय १३ वटा सामुदायिक विधालयमा अन्दाजी ७ सय ५० भन्दा बढी शिक्षक कार्यरत छन ।

    images
    मंगलवार, बैशाख २५ २०८१०२:०५:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार