Oct 02 2026 | २०८३, आश्विन १६ गते

बार्षिक कार्यतालिका निर्धारण गरेर परीक्षा सञ्चालन र नतिजा सार्वजनिक गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बार्षिक कार्यतालिका निर्धारण गरेर परीक्षा सञ्चालन र नतिजा सार्वजनिक गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

  • 772
    SHARES

  • बार्षिक कार्यतालिका निर्धारण गरेर परीक्षा सञ्चालन र नतिजा सार्वजनिक गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

    बैशाख, २५ काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले वार्षिक कार्यतालिका निर्धारण गरेर सोहीअनुसार परीक्षा सञ्चालन गर्न र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ । नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले हालसम्म गरेका कार्यको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ वार्षिक कार्यतालिका निर्धारण गर्न र सोहीअनुसार काम गर्न निर्देशन दिनुभएको हो ।

    मन्त्री श्रेष्ठले त्रिविबाट समकक्षता लिने र ट्रान्सक्रिप्ट लिनेलगायतका विषयलाई सहज बनाउन पनि विश्वविद्यालय प्रशासनलाई उहाँले निर्देशन दिनुभएको छ । साथै त्रिविको जग्गा अतिक्रमण भएको विषयमा उच्चस्तरीय जाँचबुझ समिति गठन गरिने पनि शिक्षामन्त्री श्रेष्ठले बताउनुभयो ।

    सो अवसरमा त्रिविका उपकुलपति प्रा डा केशरजङ्ग बरालले त्रिविको पुनःसंरचना प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो । “ सरकारको शिक्षा नीति, २०७६ र त्रिभुवन विश्वविद्यालयको भिजन, २०३० मा पनि विश्वविद्यालयको पुनःसंरचनाको विषय उल्लेख भएको छ”, उहाँले भन्नुभयो, “पुनःसंरचनालाई टुङ्गो लगाइसक्ने भन्ने होइन तर, विभिन्न तीनवटा क्याम्पसलाई डिग्री अवार्डिङ इन्सिच्युसनको रुपमासम्म विकास गर्ने भन्ने हाम्रो योजना हो ।”

    त्रिवि सुधारका लागि ५ वटा समिति गठन

    बैशाख, २५ गते काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सुधारका लागि विभिन्न ५ वटा समिति गठन गरिएका छन् । नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले त्रिविमा देखिएका विविध समस्या समाधान गर्न समितिहरू गठन गरेका हुन् ।

    उपकुलपतिले गठन गरेका ती समितिहरूले आफ्नो काम गरिरहेका छन् । त्रिविले उत्तरपुस्तिका हराएको विषयमा अध्ययन गर्न पूर्व रजिस्ट्रार प्राडा चन्द्रमणी पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको थियो । उक्त समितिले अध्ययन गरेर आफ्नो प्रतिवेदन त्रिविलाई बुझाइसकेको छ ।

    त्यस्तै प्राडा नवराज कँडेलको संयोजकत्वमा जनशक्ति तथा दरबन्दी पुनरावलोकन एवं व्यवस्थापन समिति गठन गरिएको छ । प्राडा भिमसेन देवकोटाको संयोजकत्वमा बनेको अर्को समितिले त्रिविको दृष्टिकोण २०३० र उपकुलपतिको सोचपत्रबिच तादात्म्यता मिलाई विश्वविद्यालयमा नीतिगत एकरूपता कायम गर्न सुझाव दिनेछ ।

    त्यस्तै प्राडा पुष्कर बज्राचार्यको संयोजकत्वमा पदाधिकारी नियुक्त गर्दा अपनाउनुपर्ने आधार र मापदण्ड तयार गरी सुझावसहितको प्रतिवेदन पेस गर्न भनिएको छ ।

    images
    मंगलवार, बैशाख २५ २०८१०९:४०:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार