Jul 28 2026 | २०८३, श्रावण १२ गते

पाठ्यक्रम बिकास केन्द्रद्वारा रातो बंगाला र काठमाडौँ वल्ड स्कुललाई स्पस्टिकरण माग।

पाठ्यक्रम बिकास केन्द्रद्वारा रातो बंगाला र काठमाडौँ वल्ड स्कुललाई स्पस्टिकरण माग।

  • 750
    SHARES

  • पाठ्यक्रम बिकास केन्द्रद्वारा रातो बंगाला र काठमाडौँ वल्ड  स्कुललाई स्पस्टिकरण माग।

    बैशाख, २६ काठमाडौ । पाठ्यक्रम बिकास केन्द्रले रातो बंगला र काठमाडौ वर्ल्ड स्कुललाई स्पस्टिकरण माग गरेको छ। केद्रले अनुमति विना ए लेभल र क्याब्रिज कोर्स तथा पुस्तक पढाएको पाइएपछि स्पष्टीकरण सोधेको हो।

    स्रोतका अनुसार ललितपुर पाटन ढोकाको रातो बंगला स्कुल र भक्तपुरको काठमाडौँ वर्ल्ड स्कुललाई पाठ्यक्रम विकास केन्द्रले तीन दिनमा कारण पेश गर्न निर्देशन दिएको छ ।

    रातो बंगलाले ११ र १२ मा (ए लेभल) पढाउने अनुमति लिए पनि तल्लो कक्षामा क्याब्रिजको पाठ्यक्रम र पुस्तक प्रयोग गर्ने गरेको पाइएको अनुगमन टोलीका सदस्य एवम् अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले बताए ।

    त्यस्तै काठमाडौँ वर्ल्ड स्कुलले पनि इन्टरनेशल प्राइमरी करिकुलम (आइपिसी) सञ्चालन गरेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

    images
    बुधवार, बैशाख २६ २०८१०९:१८:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार