Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यार्थीको संख्या घटेपछि रास्कोट नगरपालिकाद्वारा विद्यालयका समायोजन।

विद्यार्थीको संख्या घटेपछि रास्कोट नगरपालिकाद्वारा विद्यालयका समायोजन।

  • 728
    SHARES

  • विद्यार्थीको संख्या घटेपछि रास्कोट नगरपालिकाद्वारा विद्यालयका समायोजन।

    वैशाख २७ गते । कालीकोटको रास्कोट नगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्न थालेपछि बिद्यालयका माथिल्ला कक्षा समायोजन गरेको छ। प्रत्येक शैक्षिक सत्रमा सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको सङ्ख्यामा गिरावट आउन थालेपछि नगर कार्यपालिकाको वैशाख २३ गते बसेको बैठकले १० वटा विद्यालयका माथिल्ला कक्षा समायोजन गर्ने निर्णय गरेको जनाइएको छ।

    शैक्षिक क्षेत्रमा अगुवाको लापर्बाही र अविभावकको संस्थागत विद्यालयप्रति चासो बढेकाले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर घट्दा कक्षा समायोजन गर्नु परेको नगरपालिकाले जनाएको छ।

    सरकारी विद्यालयप्रति नागरिकको चासो कम हुनु र संस्थागत विद्यालयमा बालबालिका पढाउन थालेपछि सरकारी विद्यालयका कक्षा समायोजन गर्नुपर्ने बाध्यता आएको नगर उपप्रमुख तथा अनुगमन समितिका प्रमुख मनिराज बरालले बताए।

    रास्कोट नगरपालिकाले कक्षा १ देखि ५ सम्मका चार वटा, १ देखि ४ सम्मका एउटा, १ देखि ३ सम्मका तीन वटा विद्यालयका माथिल्ला कक्षा समायोजन भएका छन्। सबैभन्दा बढी कक्षा समायोजन सुन्दर आधारभूत विद्यालय रामपुरमा भएका छन्। माध्यमिक विद्यालय सञ्चालन भएका मोतीराम माध्यमिक विद्यालय सिपखाना, बडीमालिका मावि स्युना, कालासिल्ला मावि गोर्खाली गाउँका विद्यालयमा अन्य विद्यालयका कक्षा समायोजन गरिएको बताइएको छ।

    कक्षा समायोजन भएका विद्यालयका शिक्षक पनि समायोजन भएका छन् । शिक्षा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहीले विद्यार्थी सङ् ख्याको अभाव, शिक्षक दरबन्दी नभएका कारणले समायोजन गर्नु परेको बताउनुभयो। कक्षा ५ सम्म विद्यालय सञ्चालनमा छन्। शिक्षक सङ्ख्या दुई जना मात्र छन्। त्यसैले पढाइमा गुणस्तर सुधार नहुने भएकाले दरबन्दी भएका विद्यालयमा समायोजन गरिएको बताउनुभयो ।

    रास्कोट नगरपालिकामा सामुदायिक र संस्थागत गरी ३५ वटा विद्यालय छन्। सामुदायिक विद्यालय ३० वटा छन् भने पाँच वटा संस्थागत विद्यालय छन्।

    FB_IMG_1715408610555.jpg

    images
    शनिवार, बैशाख २९ २०८११२:०२:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार