Oct 02 2026 | २०८३, आश्विन १६ गते

अज्ञात समूह द्वारा बिद्यालय बसमा आगजनी

अज्ञात समूह द्वारा बिद्यालय बसमा आगजनी

  • 532
    SHARES

  • अज्ञात समूह द्वारा बिद्यालय बसमा आगजनी

    बैशाख, ३० गते चितवन । चितवनको भरतपुरमा विद्यार्थी लिन गएको बसमा अज्ञात समुहले आगजनी गरेको छ। भरतपुर महानगरपालिका वडा नम्बर २० स्थित स्मल हेभन स्कुलको बस दद्रेनी पुलमा विद्यार्थी लिन गइरहेको बेला अज्ञात समूहले आगजनी गरेको हो ।

    विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले पेट्रोल छर्किएर आगजनी गरेर भागेको विद्यालयले जानकारी दिएको छ।

    बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोवाइलसमेत लुटेर लगेको सहचालकले बताएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको बताएको छ ।

    images
    आइतवार, बैशाख ३० २०८११२:५३:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार