Jul 28 2026 | २०८३, श्रावण १२ गते

त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदहरुको जोड : व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने शिक्षमन्त्री श्रेष्ठ।

त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदहरुको जोड : व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने शिक्षमन्त्री श्रेष्ठ।

  • 684
    SHARES

  • त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदहरुको जोड :  व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने शिक्षमन्त्री श्रेष्ठ।

    वैशाख- प्रतिनिधिसभा सांदहरुले त्रिभुवन विश्वविद्यालयको सम्पत्ति संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। आइतवार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा संसदहरुले यस्तो धारणा राखेका हुन।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको छलफलका क्रममा सांसदहरुले त्रिभुवन विश्वविद्यालयको सम्पत्तिको हिनामिना र दुरुपयोग भइरहेको भन्दै विश्वविद्यालयको सम्पत्तिको रक्षा तथा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।

    उक्त बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी भइरहेको बताएकीछिन्। त्यसका लागि मन्त्री श्रेष्ठले समितिका लागि टिओआर (कार्य जिम्मेवारी) तयार भइसकेको जानकारी दिइन । उनले भनिन्, “त्रिविको सबै जग्गा छानबिन वा अध्ययन गरौँ भन्न समय सीमाका कारण सम्भव हुँदैन । त्यसैले निश्चित् ठाउँमा केन्द्रित भई तीन महिने अवधि दिएर कामका लागि प्रस्ताव तयार गर्दै छौँ ।”

    बैठकमा सांसद बद्री पाण्डेले विश्वविद्यालयले आफैले जग्गासम्बन्धी समस्या समाधान गर्नुपर्ने मा जोड दिए। उनले भने, “त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयले नै संरक्षण गर्न सकेन भन्ने सुनिन्छ, यो के हो?, विश्वविद्यालयको जग्गामा विभिन्न संघ/संस्था बसेका छन्, भाडामा बसेकाले लामो समयदेखि भाडा नै दिएका छैनन् भन्ने विषय उठेको छ, त्रिविको सम्पत्ति त्रिविले नै संरक्षण गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो।” उनले उच्च शिक्षा र माध्यामिक शिक्षालाई कसरी अगाडि बढाउने हो भन्ने बारेमा विश्वविद्यालयले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए।

    सांसद ज्ञानु बस्नेत सुवेदीले विश्वविद्यालयको सम्पत्ति संरक्षणमा जोड दिँदै शैक्षिण प्रणालीमा सुधारको खाँचो औँल्याए। त्रिविका सम्पूर्ण समस्याहरू जतिसक्दो चाँडो समाधान हुनुपर्ने उनको भनाइ थियो।

    सांसद विद्या भट्टराईले विद्यार्थीले पाउने मौका परीक्षाबारे त्रिविको नीति प्रष्ट हुनुपर्ने धारणा राखे। “त्रिविले निकाल्ने हरेक विज्ञापनमा मनोमानी किन हुन्छ, निष्पक्ष किन हुँदैन, त्रिवि पटक-पटक विवादमा किन आइरहेको हुन्छ, त्यसबारेमा त्रिविको नेतृत्व तहले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ”, उनले भने।

    सांसद देवेन्द्र पौडेलले त्रिविलाई व्यवस्थित प्रणालीमा लैजानका लागि राजनीतिक हस्तक्षेप हुन नहुने बताए। उनले त्यसो भएको भए आम जनताले थाहा पाउनुपर्ने र समाधान खोज्नुपर्ने बताए।

    सांसद डा तोसिमा कार्कीले बङ्लादेशको छात्रवृत्तिबारे प्रस्ट पार्नुपर्ने माग गरेकी थिइन्।

    समितिका सभापति अम्मरबहादुर थापाले बङ्गलादेशको छात्रवृत्तिबारेमा विद्यार्थी छनोटका क्रममा दुई देशबीचको सम्झौताअनुसार भएको छ वा छैन भन्नेबारे प्रष्ट हुनुपर्ने बताए। उनले त्रिविको समयमा परीक्षा नहुने र उत्तरपुस्तिका हराउने गरेकोमा प्रश्न उठाए।

    सांसदहरुले त्रिविका उपकूलपति प्रा डा केशरजङ्ग बराल समक्ष त्रिविको जग्गाको समस्या, मौका परीक्षा, उत्तरपुस्तिका हराउने र बङ्लादेशको एमबिबिएस छात्रवृत्तिबारे प्रश्न उठाएका थिए।

    images
    सोमवार, बैशाख ३१ २०८१११:०९:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार