बुधवार, फाल्गुण ५ २०७७
राष्ट्रिय परिक्षा बोर्ड परिक्षा नियन्त्रण कार्यालयले परिक्षामा Tik Tok बनाउने बिद्यार्थीको परीक्षा रद्द गरेको छ ! त्यस्तै अमर्यादित कार्यगर्ने निरीक्षक र केन्द्राध्यक्षलाई ३ वर्षसम्म परीक्षाका काममा सहभागी हुन नपाउने गरि कारबाही गरेको छ!
२०७७ मंसिरमा संचालित कक्षा १२ को बार्षिक परिक्षामा सहभागी कालिका मा. बि. सिंहासेन दैलेखका बिद्यार्थी रोशनकुमार शाहिको परिक्षा रद्द र सोहि बिद्यालयमा निरिक्षकको रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र प्रधानाध्यापक एबं केन्द्राध्यक्ष चित्र बहादुर शाहीलाई बोर्ड बाट संचालन गरिने कुनैपनि परिक्षामा तिन बर्षसम्म सहभागी हुन नपाउनेगरि कारबाही गरिएको जानकारी दिएको छ |
हेर्नुस सूचना सहित
