Jul 27 2026 | २०८३, श्रावण ११ गते

भुइँमा बसेर पढ्छन् मदरसाका विद्यार्थी

भुइँमा बसेर पढ्छन् मदरसाका विद्यार्थी

  • 431
    SHARES

  • भुइँमा बसेर पढ्छन् मदरसाका विद्यार्थी

    जेठ, १ गते बाँके। जिल्ला नरैनापुर गाउँपालिका–२, नुरपुरमा रहेको मदरसा विद्यालयका सात सय विद्यार्थी डेस्क बेन्च नभएपछि भुइँमा बोरा र चकटी ओछ्याएर पढ्न बाध्य भएका छन। आर्थिक अभावका कारण विद्यालयले पनि विद्यार्थीका लागि डेस्क, बेन्चको व्यवस्था गर्न नसकेपछि यस्तो अवस्था आएको हो।

    कक्षा ८ सम्म अध्ययन अध्यापन हुने पालिकामै सबैभन्दा धेरै विद्यार्थी रहेको उक्त मदरसामा बस्नका लागि विधार्थीहरुले नै घरबाट बोरा र चकटी बोकेर आउनु परेको मदरसाका प्रधानाध्यापक मौलाना लाल खाँ'को भनाइ छ।

    नरैनापुर–२ का वडाध्यक्ष मसुद अहमद शाहका अनुसार चन्दा उठाएर मदरसाको दुई तले पक्की भवन बनाइएको र चन्दा नै उठाएर १० जना शिक्षकको तलब दिने गरिएको बताइएको छ।

    सरकारले मदरसाका लागि डेस्क बेन्चसँगै थप कक्षाकोठा, विद्यालय कार्यालय र छात्रावासमा बस्ने अनाथ बालबालिकाका लागि बजेट विनियोजन गर्नुपर्ने वडा अध्यक्ष शाहको भनाइ छ।

    images
    मंगलवार, जेठ १ २०८१०७:३०:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार