बुधवार, जेठ २ २०८१
जेठ, २ गते काठमाडौ । त्रिभुवन बिश्वबिद्यालय सेवा अयोगको सदस्यमा प्रा.डा अजय भट्टराई नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिवि ऐन २०४९ को दफा १५ को उपदफा (२) बमोजिम गठित समितिको सिफारिसमा त्रिवि ऐन २०४९ को दफा १५ को उपदफा (१) को खण्ड (ग) मा व्यवस्था भएअनुसारको रिक्त सेवा अयोगको सदस्यमा सोही ऐनको दफा १५ को उपदफा (३) मा उल्लेख भए अनुसार ३ (तीन) बर्ष पदावधि कायम हुने गरी गत जेठ १ गते नियुक्त गर्नुभएको हो ।
महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगरमा रसायन शास्त्रका प्राध्यापक रहनुभएका प्रा.डा अजय भट्टराईले आज जेठ २ गते कीर्तिपुर स्थित त्रिवि सेवा आयोगको कार्यालयमा पदवहाली गर्नुभएको छ ।
पदवहाली लगत्तै संक्षिप्त धारणा राख्नुहुँदै नवनियुक्त सदस्य प्रा.डा भट्टराईले सवैका सहयोगको अपेक्षागर्दे लामोसमय देखि रिक्त भएका विभिन्न शैक्षिक एवम् प्रशासनिक पदको विज्ञापनमा जोड दिने बताउनुभएको थियो ।