Oct 03 2026 | २०८३, आश्विन १७ गते

दलमा आवद्ध शिक्षक कर्मचारिलाई कार्बाही गरेको बिबरण पठाउन निर्देशन ।

दलमा आवद्ध शिक्षक कर्मचारिलाई कार्बाही गरेको बिबरण पठाउन निर्देशन ।

  • 528
    SHARES

  • दलमा आवद्ध शिक्षक कर्मचारिलाई कार्बाही गरेको बिबरण पठाउन निर्देशन ।

    काठमाडौँ /३ जेठ, ३ काठमाडौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको शिक्षक/कर्मचारीलाई कारवाहीको सवालमा निर्णय कार्यन्वयन गरेको विवरण पठाउन निर्देशन दिएको छ ।

    केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र जारी गर्दै राजनीतिक दलको सदस्यता लिएका, राजनीतिक दलको कार्यकारिणी समितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि भएका शिक्षक कर्मचारीहरुलाई प्रचलित कानुन बमोजिम के कस्तो कारवाही प्रक्रिया थालिएको छ त्यसबारे १५ दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

    साथै विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर काम गर्ने तथा काजमा बस्ने के कति शिक्षकहरु छन् र ती मध्ये कति शिक्षकहरुलाई पदाधिकार रहेको विद्यालयमा फिर्ता गर्ने व्यवस्था गरियो भन्ने बारे जानकारी १५ दिन भित्र पठाउन केन्द्रले जारि गरेको परिपत्रमा उल्लेख गरेको छ।

    हेर्नुहोस पत्र

    FB_IMG_1715870530473.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार