Jul 27 2026 | २०८३, श्रावण ११ गते

रोटरी क्लब अफ कान्तिपुरको २४ औं स्थापना दिवसमा दुई शिक्षक समानित ।

रोटरी क्लब अफ कान्तिपुरको २४ औं स्थापना दिवसमा दुई शिक्षक समानित ।

  • 469
    SHARES

  • रोटरी क्लब अफ कान्तिपुरको २४ औं स्थापना दिवसमा दुई शिक्षक समानित ।

    जेठ ४ गते काठमाडौ । रोटरी क्लब अफ कान्तिपुर काठमाडौँको २४ औँ स्थापना दिवसको अवसरमा दुई जना शिक्षकलाई सम्मान गरेको छ । प्राथमिक तहका विद्यार्थीको समग्र विकास र समृद्धिमा योगदान पुर्‍याउनु हुने दुई शिक्षकलाई ‘रोटरी क्लब कान्तिपुर-सुशीला किरण प्याकुर्याल’ पुरस्कारबाट सम्मानित गरिएको हो।

    रोटरी क्लब अफ कान्तिपुर काठमाडौँको २४औँ स्थापना दिवसको अवसरमा चन्द्रागिरि नगरपालिका-१३ स्थित कंकाली माविमा अध्यापनरत शिक्षिका कल्पना जोशी र शुन्दरादेवी आधारभूत विद्यालय, बिदुर–७, तुप्चे, नुवाकोटमा कार्यरत शिक्षक विजय बोगटीलाई पुरस्कृत गरिएको छ।

    FB_IMG_1715908866246.jpg

    रोटरी क्लब अफ कान्तिपुर र सो क्लबका पूर्व अध्यक्ष किरणनाथ प्याकुर्याल तथा उहाँकी धर्मपत्नी सुशीला प्याकुर्यालद्वारा यही वर्षदेखि स्थापित अक्षय कोष अन्तर्गत सो पुरस्कारका लागि काठमाडौँ उपत्यका भित्रका सामुदायिक विद्यालय तथा रोटरी क्लब कान्तिपुर-उर्मिला व्यास छात्रवृत्तिमा आबद्ध विद्यालयलाई समावेश गरिएको थियो।

    प्राथमिक तहमा कार्यरत सर्वोत्कृष्ट एक शिक्षक र एक शिक्षिकालाई प्रोत्साहन स्वरूप प्रत्येक वर्ष उत्कृष्टताको प्रमाणपत्रका साथै एक लाख रुपैयाँ नगदले सम्मानित गरिएको छ ।

    सम्मान कार्यक्रममा कोषका संस्थापक किरण प्याकुरेलले दूर दराजमा रहेर पनि शिक्षा क्षेत्रमा अनवरत सक्रिय रहेका शिक्षक शिक्षिकालाई प्रोत्साहन स्वरूप पुरस्कार स्थापना गर्न पाएकोमा खुसी रहेको बताउनुभयो।

    रोटरी अफ क्लब कान्तिपुरले शिक्षा, स्वास्थ्य तथा विपद्मा परेकालाई राहत लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ।

    images
    शुक्रवार, जेठ ४ २०८१०७:३६:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार