Jul 27 2026 | २०८३, श्रावण ११ गते

तत्काल शिक्षा ऐन ल्याउन राहत शिक्षकको ध्यानाकर्षण ।

तत्काल शिक्षा ऐन ल्याउन राहत शिक्षकको ध्यानाकर्षण ।

  • 671
    SHARES

  • तत्काल शिक्षा ऐन ल्याउन राहत शिक्षकको ध्यानाकर्षण ।

    जेठ, ४ गते गते काठमाडौ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले तत्काल शिक्षा ऐन जारी गर्न ध्यानाकर्षण बुझाएका छन। केन्द्रिय समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठसँग भेटि तत्काल शिक्षा ऐन जारी गर्न ध्यानाकर्षण बुझाएका हुन्।

    राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी, महासचिव कुमार बजगाईं र उपमहासचिव डम्बर राइले शिक्षा समितिमा रहेको शिक्षा विधेयक तत्काल प्रक्रियामा लगेर जारी गर्न भन्दै अन्यथा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

    विज्ञप्तिमा विद्यालय शिक्षा विधेयक २०८० शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका लागि पठाएको पनि गुमनामको अवस्थामा रहेको र वर्षौँ देखि कार्यरत राहत शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतको पेसागत भविष्य अन्योलमा रहेको उल्लेख गरिएको छ।

    जीवनको अध्ययनशील र ऊर्जाशील समय राज्यको सामुदायिक विद्यालय शिक्षामा योगदान गरेका अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीहरूलाई नीतिगत अन्योलता सिर्जना गरी पेसागत भविष्य माथि कुठाराघात गर्ने छुट कसैलाई नरहेको बिज्ञप्तिमा उल्लेख छ।

    राहत शिक्षक केन्द्रिय समितिले नेपाल सरकारसँग भएका सम्झौता अनुसार शिक्षा ऐन तत्काल ल्याउन ध्यानाकर्षण पत्र बुझाएको र अन्यथा देशव्यापी चरणबद्ध आन्दोलनका कार्यक्रम सहित काठमाडौँ केन्द्रीत सशक्त सडक आन्दोलन गर्ने चेतावनी ध्यानाकर्षण पत्रमार्फत दिएको छ।

    यस्तो छ पत्र ।

    FB_IMG_1715961851487.jpgFB_IMG_1715961853393.jpg

    images
    शुक्रवार, जेठ ४ २०८१०९:५७:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार