Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेशनल प्याब्सन काठमाडौ जिल्लाद्वारा प्राचार्यहरुलाई तालिम प्रदान।

नेशनल प्याब्सन काठमाडौ जिल्लाद्वारा प्राचार्यहरुलाई तालिम प्रदान।

  • 965
    SHARES

  • नेशनल प्याब्सन काठमाडौ जिल्लाद्वारा प्राचार्यहरुलाई तालिम प्रदान।

    जेठ, ५ गते काठमाडौ । राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौ जिल्लाले स्कुल संचालक र प्राचार्यहरुलाई अन्तरक्रियात्मक तालिम कार्यक्रम आयोजना गरेको छ। नेशनल प्याब्सनले शुक्रवार कपन स्थित एपेक्स लाइफ स्कुलमा एक कार्यक्रमका बिच 'निजि बिद्यालयको समस्या र सुदृढीकरण' बिषयमा स्कुल प्राचार्यहरुलाई अन्तरक्रियात्मक तालिम कार्यक्रम-२०८१ आयोजना गरेको हो।

    1000003164.jpg

    अहिलेको समसायिक अवस्थामा शिक्षाको परिवेश तथा संस्थागत बिद्यालय संचालनमा देखा परेका समस्या, चुनौती र समाधान बारे बिद्यालय संचालकहरुले खेल्नुपर्ने भुमिका साथै नेतृत्व बिकास तथा ब्यबस्थापन बारे अन्तरक्रियात्मक तालिम प्रदान गरिएको अध्यक्ष अमृत खड्काले बताउनुभयो।

    Polish_20240518_074753678.jpg

    जिल्लाभरीबाट सय जना भन्दा बढी संचालक तथा प्रिन्सिपलहरुको सहभागी रहेको उक्त कार्यक्रममा प्रशिक्षक काठमाडौ विश्वविद्यालयका प्राध्यापक डाक्टर बाशुप्रसाद सुवेदीले तालिम दिनुभयो। उहाँले परम्परागत शिक्षण सिकाइ बिधिलाई परिवर्तन गर्नुपर्ने र आधुनिक युगसंग मेलखाने विधि, अनुसन्धान पद्धतिका बारे बुँदागत रुपमा तालिम प्रदान गर्नुभयो।

    1000003196.jpg

    प्रशिक्षक सुवेधिले बिद्यालय ब्यबस्थापन, नेतृत्व बिकास, सिपमुलक प्रयोगात्मक शिक्षण पद्धति तालिम प्रदान गर्नुभयो । शिक्षकहरुले गर्ने मुल्यांकनबाट कतै बालबालिका डराइराखेको त छैनन्? यसबारे प्रश्न गर्दै शिक्षकले विद्यार्थीहरुको मुल्यांकन बहुआयामिक कोडबाट गर्नुपर्ने सुवेदीले बताउनुभयो ।

    IMG_20240517_160627.jpg

    आजको मुख्य समस्या शिक्षक र विद्यार्थीहरुबिचको तादम्यता नमिल्नु रहेको भन्दै, शिक्षक परम्परागत शैलिलाई परिवर्तन गर्न नचाहनाले आजको युगमा बिकास भएको सूचना प्रबिधि बारे जानकार नरहेको तर विद्यार्थी त्यसबारे अब्यस्त भएकोले समेत सिकाई पद्धतिमा समस्या आएको बताउनुभयो।

    IMG_20240517_154054.jpg

    शिक्षकले हरेक विद्यार्थीको मुल्यांकन र उनिहरुको क्षमता एक एक गरेर पत्तालगाएर त्यो अनुरुप सिकाई प्रक्रियालाई अगाडि बढाउनुपर्ने भन्दै त्यसकोलागी विद्यार्थीहरुलाई प्रश्न गर्न अभिप्रेरित गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो।

    नयाँ शैक्षिक सत्र सुरुवात हुँदै गर्दा शिक्षकहरुले बार्षिक कार्ययोजना बनाई त्यो अनुरुप Lesaon Plan, Unit Plan र Screening Plan निर्माण गर्नुपर्ने बतउनुभयो। साथै नेतृत्वको लागि रचनात्मक विधि आवस्यकता पर्ने बताउनुभयो।IMG_20240517_153844.jpg

    अन्तरक्रियात्मक तालिम कार्यक्रममा एनप्याब्सनका प्रदेश अध्यक्ष नारायण कुमार कार्किले स्कुलमा नयाँ ढंगले नेतृत्व बिकास गर्न आत्मबल बिकास हुने यसप्रकारको तालिम निरन्तर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

    1000003207.jpg

    त्यसैगरी कार्यक्रममा नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले स्कुललाई कसरी ब्यबस्थित गर्ने भन्ने कुरा सिकाउने उदेश्यले तालिम आयोजना गरिएको र यस्तो प्रकारको तालिमहरु निरन्तर गर्न आफू सहयोगी भुमिका निर्वाह गर्ने बताउनुभयो । सेसनको सुरुमा छौ भन्दै अध्यक्ष न्यौपानेले भन्नुभयो, स्कुल चलाउन ठुलो कुरा होइन तर स्कुलिङ कस्तो दिने त्यो ठूलो कुरा हो, त्यस बारे चिन्तन गर्दै त्यसको रोडम्याप तयार गरौ। परम्परागत तरिकाले बिद्यालय चलाएर नहुने कुरा स्पस्ट पार्नुभयो।

    अर्को प्रसंग जोड्दै अध्यक्ष न्यपानेले ७५३ वटा स्थानिय तहमा संस्थागत बिद्यालय संचालनमा कुनै न कुनै समस्या रहेको बताउनुभयो । स्थानिय तहमा मेयरले बोलेपछी अकाट्य हुने जस्तो देखिएको छ। यसको समाधान भनेको संघीय शिक्षा ऐन हो भन्दै सदनमा रहेको शिक्षा ऐन जारी भएपछि कैयौं समस्याहरु समाधान हुने बताउनुभयो।

    न्यौपानेले कानुनको कुरामा लापरबाही गर्न नहुने भन्दै बिद्यालयहरुले कानुनबमोजिम को criteria लागू गर्नै पर्ने धारणा व्यक्त गर्नुभयो। पहिले पहिले हामीपनि ज्यादती तरिका र आफ्नो पाराले गयौ। केही मानिसहरुको ज्यादतीको प्रभाव आज देखिएकोले डकुमेन्टेसनको बारेमा कोहि कमजोर नबनौ उहाँले भन्नुभयो।1000003204.jpg

    बिदेशी नामबारे बाहिरी बिश्वबिद्यालयको नाम राख्न नमिल्ने निर्णय पहिले नै भएको थियो। यदि राख्ने हो भने एफिलेसन हुनपर्यो। बिद्यालयको नाम पछाडि International लेख्न २५% बिदेशी विद्यार्थी पढेको हुनुपर्ने , Netional लेख्न २५ जिल्लाका विद्यार्थी हुनुपर्ने र पब्लिक लेख्न १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने भन्ने नियम पहिलेनै बनिसकेको बताउनुभयो।

    तर आज चलेको अंग्रेजी नाम परिवर्तनको सवालमा महानगरले अबैज्ञानिक निर्णय गरेको बताउदै देशको कानुन, बिश्व परिस्थितिको कारण पनि नाम परिवर्तन गर्न सम्भव छैन बरु यसबारे संस्थागत बिद्यालयहरु सबैले मिलेर बोल्न र बहस गर्नुपर्ने बताउनुभयो। अन्त्यमा अध्यक्ष न्यौपानेले शिक्षा क्षेत्रमा भएका सबै समस्याको दीर्घकालीन समाधान संघीय शिक्षा ऐन आएपछी हुने धारणा ब्यक्त गर्नुभयो।

    अन्तरक्रियात्मक तालिम कार्यक्रम नेशनल प्याब्सन काठमाडौ जिल्ला सचिव रामबाबू सेढाईले संचालन गर्नुभयो र कार्यक्रमको अन्त्यमा कोषाध्यक्ष कार्यक्रम संयोजक टंक बहादुर थापाले अतिथी, प्रशिक्षक र सहभागी सबैलाइ धन्यवाद दिदै कार्यक्रम समापान गर्नुभयो ।

    images
    शनिवार, जेठ ५ २०८१०७:३५:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार