शनिवार, जेठ ५ २०८१
जेठ, ५ गते शनिबार । काठमाडौ बर्नहार्ट स्कुलले आधारभूत तह कक्षा १-५ सम्म भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेको छ। शुक्रवार एक कार्यक्रमका बिच बिद्यालयले स्वागत गरेको हो ।

स्वागत कार्यक्रममा विद्यार्थीहरुले बिभिन्न सांस्कृतिक नृत्यहरु गायन तथा बाद्यबादन मार्फत प्रतिभाहरु प्रदर्शन गरेका थिए।
कार्यक्रममा बिद्यालय प्राचार्य अमृत बाबू भट्टल मन्तव्य मार्फत स्वागत गर्दै विद्यार्थीहरुको समग्र बिकासको लागि बिद्यालयले बालबालिकाहरुको मनोबिज्ञान अनुरुप शैक्षिक सिकाइ बिधिहरु अपनाउने र खोज, तथा अनुसन्धानात्मक र प्रयोगात्मक शिक्षण सिकाइलाई जोड दिने बताउनुभयो ।


कार्यक्रममा नर्सरी देखि कक्षा ५ सम्मका करिब ३ सय बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो। स्वागत कार्यक्रममा काठमाडौ बर्नहार्ट स्कुल कलेजका सल्लाहकार प्रा.डा. नारायण प्रसाद चापागाईं, शैक्षिक निर्देशक पुरुसोत्तम बिष्ट, स्कुलका प्राचार्य अमृत बाबू भट्ट लगाएत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।



