Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्राथमिक तहमा ९९१ दरबन्दी थप (संशोधित विज्ञापन सहित)

प्राथमिक तहमा ९९१ दरबन्दी थप (संशोधित विज्ञापन सहित)

  • 942
    SHARES

  • प्राथमिक तहमा ९९१ दरबन्दी थप (संशोधित विज्ञापन सहित)

    जेठ, ५ गते काठमाडौ । शिक्षक सेवा आयोग शिक्षकले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन संशोधन गर्दै ९९१ दरबन्दी थप गरेको छ । साबिक दरबन्दी ४ हजार ४६२ मा अन्य ९९१ रिक्त पद थप गरी ५ हजार ४५३ पदका लागि आवेदन खुला गरिएको हो।

    आयोगले गरेको विज्ञापन अनुसार कोशीबाट साबिक १०७७ मा पद थप भई १३१८, त्यसैगरी बाग्मतीबाट ११०३ रिक्त दरबन्दीमा अन्य पद थप भइ ११५७, गण्डकीबाट ८०० पदमा थप गरी ११८८, लुम्बिनीबाट ४९५ मा थप गरी ६७९ , कर्णालीमा १७७मा अन्य पद थप गरी २८९ र सुदुर पश्चिममा ३०२ रिक्त दरबन्दीमा थप गरी ३१४ पदका लागि विज्ञापन संशोधन गरिएको छ। मधेश प्रदेशबाट ५०८ नै कामय भएको छ ।

    संसोधित बिज्ञापन अनुसार आयोगले आजदेखि जेठ १३ गतेसम्म नियमित दस्तुरमा र २० गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्ने गरी विज्ञापन गरेको छ । आयोगले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिन सकिने छ ।

    दर्खास्त दिन यहाँ क्लिक गर्नुस् ।

    यस्तो छ बिज्ञापन

    1000003167.jpg1000003168.jpg1000003169.jpg

    images
    शनिवार, जेठ ५ २०८१११:३९:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार