Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेरिक एकेडेमीले जिज्ञासामा आधारित सिकाइ कार्यशाला गोष्टि आयोजना

नेरिक एकेडेमीले जिज्ञासामा आधारित सिकाइ कार्यशाला गोष्टि आयोजना

  • 786
    SHARES

  • नेरिक एकेडेमीले जिज्ञासामा आधारित सिकाइ कार्यशाला गोष्टि आयोजना

    जेठ, ५ गते काठमाडौ । आधारभुत कक्षाका बालाबलिकाहरुको चौतर्फि बिकाशमा सहयोग पु¥याउने लक्षका साथ नेरिक एकेडेमी संखमुलले अभिभावकहरुको उपस्थितीमा जिज्ञासामा आधारित सिकाइ (Curiosity Based Learning - CBL) कार्यशाला गोष्ठी आयोजना गरेको छ ।

    IMG-20240518-WA0049.jpg

    संखमुलको क्रिष्टल फुडल्याण्डमा सञ्चलन गरिएको उक्त गोष्ठि सनिवार बिहान एघार बजे सुरु भएर दिउँसो एक बजे सम्पन्न भएको थियो ।

    उक्त गोष्ठिको सञ्चालन नेरिक एकेडेमीका प्रधानाध्यापक मिलन के सीले गर्नु भएको थियो भने कार्यक्रममा O.I. Educational Training and Service Pvt. कि शुशिला सापकोटाको प्रस्तुतीमा अभिभावकहरुको विषेश सहभागिता रहेको थियो ।

    जिज्ञासा (Curiosity) दृष्टिकोण के हो र यो किन महत्त्वपूर्ण छ भन्ने सवालमा प्रशिक्षक सुशीला सापकोटाले बालबालिकाहरू आफ्नो वातावरण अन्वेषण गर्न र गतिविधिहरूमा संलग्न हुन स्वतन्त्र हुन आवश्यक छ जुन साँच्चै तिनीहरूको रुचिमा खेल्ने गर्दछन भन्ने धारणा ब्यक्त गर्नुभयो।

    IMG-20240518-WA0050.jpg

    जिज्ञासा दृष्टिकोणले बच्चाहरूलाई उनीहरूको प्राकृतिक जिज्ञासा र कल्पनालाई प्रज्वलित गरेर उनीहरूको स्वतन्त्रता फिर्ता दिनु हो भन्दै प्रशिक्षक सापकोटाले यो शिक्षण विधि अपनाउँदा, बच्चाहरूले आफैंको लागि सोच्न, आफै छनोट गर्न, र आफै सिकाइलाई निर्देशित गर्न सक्षम हुने बताउनुभयो ।

    विभिन्न खेल, सहभागितामुलक क्रियाकलाप र छलफल सहित सम्पन्न भएको उक्त कार्यक्रममा बालबालिकामा हुने जिज्ञासा, चाहाना र खोजमुलक अनुसन्धानलाई कहिल्यै पनि मर्न दिनुहुँदैन । यसमा बिद्यालय, अभिभावक र शिक्षकहरुको उत्तिकै जिम्मेवारी रहन्छ भन्दै बिद्यालयका निर्देशक डा. मन खत्रीले समापन गर्नुभएको थियो ।

     

    images
    शनिवार, जेठ ५ २०८१०५:२६:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार