Oct 03 2026 | २०८३, आश्विन १७ गते

अभिभावकको लागि आई.सि.टि. तालिम तथा कार्यशालाको आयोजना।

अभिभावकको लागि आई.सि.टि. तालिम तथा कार्यशालाको आयोजना।

  • 734
    SHARES

  • अभिभावकको लागि आई.सि.टि. तालिम तथा कार्यशालाको आयोजना।

    जेठ, ६ गते काठमाडौ । द सनसाइन कलेजले अभिभावकहरुलाई आइसिटी तालिम दिएको छ। काठमाडौ महानगरपालिका १५ विजेश्वरिमा अवस्थित उक्त कलेजले शनिबार दुई फरक फरक समुहमा अभिभावकहरुको लागि प्राविधिक ज्ञान दिने उद्देश्यले आई.सि.टि. तालिम तथा कार्यशाला आयोजना गरेको हो।

    1000003412.jpg

    आफ्नो विद्यालयमा प्रयोग भईरहेको प्रविधि र प्रोग्रामिङको लागि सपोर्ट गरिरहेका Sisters Organization, Smart Learning App, School App Developer, Bright School, र NCC Bord of UK द्वारा संचालित डि जि स्कुलको प्राविधिक सहयोगमा कार्यक्रम भव्य रुपमा संचालन भएको थियो।

    1000003422.jpg

    भाइस प्रिन्सिपल तेजप्रसाद भण्डारी ले बिद्यालयको पोलिसिहरुको वारेमा धारणा राख्नुभयो भने ट्रेनर तथा सहजकर्ताको रुपमा डि जि स्कुल प्रतिनिधि प्रिन्स न्यौपाने, ब्राईट स्कुल काठमाठौ प्रतिनिधि पुष्कर आचार्य ,स्मार्टर स्कुलका विपिन सुवेदी तथा स्मार्टर संचालक जित राघवले तालिम दिनुभयो।

    1000003416.jpg

    प्रशिक्षकहरुले आई.सि.टि. तालिममा अभिभावकलाई आफ्ना वालवालिकालाई कसरी अनलाईन प्रविधिवाट पढाउने डि.जि. स्कुलका प्रोजेक्ट कसरी समाधान गर्ने, पाठ्यसामाग्रि कसरी छनौट गर्ने तथा कहाँ कहाँ उपर्युक्त सामाग्रि उपलव्ध छन् भन्ने सम्वन्धमा तालिम प्रदान गरिएको थियो।

     

    द सनसाइनका प्राचार्यले ट्रेनरहरुलाई मायाको चिनो दिदै अब विश्व वजारमा मागगरिएको प्रविधिमैत्रि शिक्षा प्रदान गर्नुपर्ने अहिलेको आवस्यकता भएको हुदा बिद्यालयले यी सबै टेक्नोलोजि अवलम्वन गरेकोकुरा जानकारि गराउनुका साथै सम्पुर्ण सहयोगीलाई तथा अभिभावकलाई धन्यवाद व्यक्त गर्नुभयो।

    कार्यक्रम विद्यालयका कोअर्डिनेटर असोक लामिछानेले संचालन गरेका थिए ।

    images
    आइतवार, जेठ ६ २०८१०९:५४:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार