Oct 03 2026 | २०८३, आश्विन १७ गते

प्राविधिक शिक्षामा अब्बल बन्दै ग्राम शिक्षा मन्दिर मावि

प्राविधिक शिक्षामा अब्बल बन्दै ग्राम शिक्षा मन्दिर मावि

  • 578
    SHARES

  • प्राविधिक शिक्षामा अब्बल बन्दै ग्राम शिक्षा मन्दिर मावि

    काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ मा रहेको ग्राम शिक्षा मन्दिर माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ६९ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ। गुणस्तरीय शिक्षा सँगै प्राविधिक शिक्षा दिदै आएको यो बिद्यालय पछिलो समय व्यवस्थापकीय पक्ष, अभिभावक र स्थानीय सरकारको प्रभावकारी भूमिकामा बिद्यालय अब्बल बन्दै गइ रहेको छ।

    1716341115205.jpg

    विध्यालयको ६९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा सांसद गगन थापाले आफ्नो चुनावी क्षेत्रमा रहेका सबै विद्यालयलाई अब्बल बनाउने गुणस्तरीयता कायम गर्ने प्राविधिक धारतर्फ विद्यालयमै शिक्षासहितको सिप उत्पादनका लागि आफू लागि परेको कुरा बताएका थिए ।

    1716341130638.jpg

    आफू पनि शिक्षक क्षेत्रबाट नै राजनीतिमा आएको अध्यापन गराउने अनुभव आफूमा भएको हुनाले पनि विद्यालयको विकासमा आफ्नो जहिले पनि चासो रहने कुरा पनि बताउनु भयो । ग्राम शिक्षा मा वि आज यो अवस्थामा आइपुग्नुमा समुदाय, व्यवस्थापकीय पक्ष अभिभावक स्थानीय सरकारको सबैको प्रभावकारी भूमिका रहेको कुरा पनि सांसद थापाले बताउनुभयो ।

    1716341086115.jpg

    विद्यालयको गुणस्तर वृद्धिका लागि दलगत रुपमा कसैले पनि एकअर्कालाई खन्डीकरण गर्न नहुने उहाँको तर्क थियो । सबैको प्रभावकारी जिम्मेवारी भएर नै आज ग्राम शिक्षा मावि ग्राम शिक्षा बन्न सफल भएकोमा आफूलाई निकै गौरव लाग्ने उहाँको कथन थियो ।

    1716341016588.jpg

    कार्यक्रममा विध्यालयका प्रधानानध्यापक रुद्र कोइरालाले आफू यो विद्यालयको प्र अ भएपछि २ सय हाराहारी रहेका विध्यार्थीको संख्या बढाएर आज एक हजार जना विध्यार्थी बनाएको कुरा बताउनु भयो । विभिन्न दाताहरुको विश्वास विद्यालयमा आफूलाई सहयोग गर्ने टिम र स्थानीय तहको साथ र सहयोगले आज ग्राम शिक्षा मावि सबैले चिन्ने विद्यालयको रुपमा रहेको बताउनुभयो ।

    1716341007617.jpg

    विद्यालयको आर्थिक पक्षको सवाललाई प्रस्तुत गर्ने क्रममा प्रअ कोइरालाले करिब १ करोड भन्दा बढी रकम विद्यालयको खातामा जम्मा गर्न सकिएको र सो रकमले विद्यालयको आन्तरिक व्यवस्थापन गर्न सहज भएको कुरा पनि बताउनु भयो । विद्यालयमा पढाइ राम्रो हुदैन विद्यालयका शिक्षकले राजनीति गर्छन भन्ने आम बुझाइलाई चिर्नका लागि पनि आफू विहान ६ वजेदेखि बेलुका ६ बजेसम्म विद्यालयकै काममा व्यस्त भएको कुरा पनि प्रअ कोइरालाले बताउनुभयो ।

    1716340960203.jpg

    विद्यालयका सबै शिक्षक कर्मचारी सरकारी तहका सबै कर्मचारीहरुका छोराछोरी सबै सरकारी विद्यालयमा पढाउनु पर्ने तर्क प्रअ कोइरालाको थियो । आफ्ना छोराछोरी पनि ग्राम शिक्षा माविमै पढाइरहेको कुरा उल्लेख गर्दै सरकारी विद्यालयका सबै शिक्षक तथा प्रअहरुले यो अभियान सुरु गर्नुपर्ने उहाँको विचार थियो ।

    1716340904790.jpg

    ग्राम शिक्षा मावि गुणस्तरीय शिक्षाका लागि अब्बल बनिरहेको र प्राविधिक धारतर्फ पनि करिब एक हजार भन्दा बढी विद्यार्थीहरुले सेवा लिइसकेका र विशेषगरी खुल्ला विद्यालयको पठनपाठन पनि यही विद्यालयले गरिरहेको हुनाले स्थानीय समुदायलाई आफ्ना बालबालिका यही विद्यालयमा भर्ना गर्न विशेष अनुरोध पनि प्रअ कोइरालाले गर्नु भएको थियो ।

    1716340907909.jpg1716341147810.jpg1716340977646.jpg

    images
    बुधवार, जेठ ९ २०८१०७:०५:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार