Oct 03 2026 | २०८३, आश्विन १७ गते

काठमाडौ बर्नहार्टद्वारा निर्वाचन मार्फत बिद्यालय क्याप्टेन चयन

काठमाडौ बर्नहार्टद्वारा निर्वाचन मार्फत बिद्यालय क्याप्टेन चयन

  • 577
    SHARES

  • काठमाडौ बर्नहार्टद्वारा निर्वाचन मार्फत बिद्यालय क्याप्टेन चयन

    जेठ, ११ गते शुक्रवार । काठमाडौ महानगरपालिका -१४ मा अवस्थित काठमाडौ बर्नहाट स्कुलमा मतदानबाट विद्यार्थीहरुले क्याप्टेन - भाइस क्याप्टेन चयन गरेका छन्। स्कुलले आज एक कार्यक्रमका बिच निर्वाचित Head Boy, Head Girl, House Captain, Vice-Captain र Class Representative हरु चयन गरेको हो।

    1000004082.jpg

    विद्यालयमा विद्यार्थीहरुको नेतृत्वका लागि दावि गरेका प्रतिस्पर्धीहरुको निर्वाचन प्रक्रियामार्फत् नेतृत्व चयन गरिएको विद्यालयले जनाएको छ ।

    नेतृत्व बिकास र विद्यार्थी आफैले बिद्यालय तथा कक्षा अनुसाशन कायम गर्न नेताहरु चयन गरेको कोर्डिनेटर रोबर्ट श्रेष्ठले बताउनुभयो। बिद्यालयले जना (छात्र/छात्र) कक्षा प्रतिनिधित्व, House captai र Vice- captain (छात्र/छात्रा) तथा Head boy र Head girl (छात्र/छात्रा) चयन गरेको कोर्डिनेटर श्रेष्ठले बताउनुभयो। जसमध्ये कक्षा ६-१० सम्म Head boy दिपेश दाहाल, Head girl लान्शा भट्ट र नर्सरी देखि कक्षा ५ सम्म रोजन पराजुली र दिप्रभा शाह चयन भएका छन।

    1000004098.jpg

    निर्वाचित नेताहरुलाई ब्याच वितरण गर्दै प्राचार्य अमृत बाबू भट्टले नेतृत्व छान्ने प्रक्रियाले विद्यार्थीहरुको चौतर्फी बिकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । विद्यार्थीका समस्याबारे विद्यार्थीबाटै ध्यानकर्षण गराउन, विद्यालयको अतिरिक्त क्रियाकलापहरुमा सहजीकरण गर्न र विद्यार्थीहरुमा नेतृत्व क्षमताको विकास गर्न क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको प्राचार्य भट्टले बताउनुभयो।

    1000004099.jpg

    कार्यक्रममा बर्नहाट स्कुल कलेजका कार्यकारी निर्देशक नवराज अधिकारी लगाएत शिक्षक कर्मचारी र अभिभावकहरुको समेत उपस्थिति रहेको थियो।

    1000004169.jpg1000004074.jpg1000004146.jpg1000004159.jpg1000004167.jpg

    images
    शुक्रवार, जेठ ११ २०८१०७:३२:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार