शनिवार, जेठ १२ २०८१
जेठ, १२ गते । पाल्पाकाे तानसेन नगरपालिकाका प्रधानाध्यापकहरूले भत्ता वृद्धि नभएको भन्दै फिर्ता गर्ने निर्णय गरेका छन।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा विद्यालयका प्रधानाध्यापकहरुलाई ३० औं बर्ष देखि प्रदान गरिदै आएको प्रधानाध्यापक भत्ता अत्यन्तै न्यून भएकोले फिर्ता गर्ने निर्णय गरेका हुन्।
प्रधानाध्यापकहरु भत्ताले प्रोत्साहित होइन निरुत्साहित र अपहेलित महसुस गरेको भन्दै समयानुकूल आव २०८१/८२ मा वृद्धि गर्नका लागि स्थानीय सरकार मार्फत संघीय सरकारलाइ अनुरोध गर्ने र यदि आगामी बजेटमा उचित सम्बोधन नभएमा तानसेन नगरपालिका अन्तर्गतका प्रधानाध्यापकहरूले हाल प्राप्त हुँदै आएको भत्ता फिर्ता गर्ने जनाएका छन।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मासिक प्रधानाध्यापक भत्ता प्राथमिक विद्यालय रु २००, निम्न माध्यमिक विद्यालय रु ३०० र माध्यमिक विद्यालय रु ५०० दिदै आएको छ।
