Jul 27 2026 | २०८३, श्रावण ११ गते

पाँच महिनादेखि तलबविहीन शिक्षक ।

पाँच महिनादेखि तलबविहीन शिक्षक ।

  • 839
    SHARES

  • पाँच महिनादेखि तलबविहीन शिक्षक ।

    जाजरकोट, जेठ १३ गते। जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाका शिक्षकले बिगत पाँच महिनादेखि तलब खान पाएका छैनन्। सरकारले बजेटको व्यवस्था नगरेपछि जुनीचाँद गाउँपालिकामा कार्यरत नेपाल सरकारको अनुदान दरवन्दीमा काम गर्ने १२ जना शिक्षकले पाँच महिनादेखि तलब नपाएको गुनासो गरेका छन्।

    श्रम अनुसारको पारिश्रमिक नपाएपछि गाउँपालिका, शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयमा निवेदन दिए पनि सुनुवाइ नभएको शिक्षकले बताइएको छ।

    माध्यमिक विद्यालय सञ्चालन भई एउटा दरबन्दी नभएका विद्यालयलाई सङ्घीय सरकारको अनुदानमा दुई जना शिक्षकको व्यवस्थापनका लागि दिएको रकम स्थानीय तहले आफूखुसी शिक्षक राखेपछि समस्या आएको हो।

    जुनीचदि गाउँपालिका-६ मैपस्थित भानुनक्त हिमालय माध्यमिक विद्यालयमा कार्यरत शिक्षक लालबहादुर वलीले विगत पाँच महिनादेखि तलब नपाएपछि स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइ जाजरकोटमा गत वैशाख ६ गते निवेदन दिनुभएपनी जुनीचाँदे गाउँपालिकाले सङ्घीय सरकारबाट बजेट कम आएका कारण समयमा शिक्षकलाई तलब दिन नसकेको जानकारी दिएको छ।

    २०७९ फागुन २९ गते व्यवस्थापन समितिकी बैठकले नेपाल सरकारको शिक्षण सिकाइ अनुदानको दरबन्दीमा खुला प्रतिस्पर्धाबाट गणित विषय शिक्षकमा छनोट भएका लालबहादुर वली र सोही विद्यालयमा विज्ञान विषयको शिक्षकमा २०७९ चीत ७ गते व्यवस्थापन समितिवाट नियुक्ति भएका शिक्षक धन थापा नियमित रुपमा विद्यालयमा हाजिर भएर काम गरिरहेका छन्।

    जुनीचदि गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख दलबहादुर बुढाले नेपाल सरकारबाट आउने बजेट घटेर आएपछि तलब दिन नसकेको बताउनुभयो। यो समचार गोरखापत्रमा छ।

    images
    आइतवार, जेठ १३ २०८१०८:३३:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार