सोमवार, जेठ १४ २०८१
जेठ, १४ गते काठमाडौ । तराइमा अत्यधिक गर्मी बढेपछि विभिन्न नगरपालिकाहरुले जेठ १८ गते सम्म बिद्यालय बन्द गर्ने निर्णय गरेका छन। गर्मीले बिद्यालय आवत जावत, पठनपाठन समस्या विद्यार्थीहरुको स्वास्थ्यमा पर्ने जाने समस्यालाई ध्यान दिदै बिद्यालय बन्द गरेका हुन।
पछिल्लो समय बढ्दो गर्मिका कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै चितवनको रत्न नगरपालिकाले जेठ १३ गतेदेखि १८ गतेसम्म बिद्यालय बन्द गर्ने निर्णय गरेको छ।
साथै तराइ क्षत्रमा अत्यधिक गर्मी अत्याधिले विद्यार्थीहरुको स्वास्थ्यमा समस्याआई पठनपाठन समस्या भएको भन्दै सुनसरीको इनरुवा नगरपालिकाले जेठ १४ गतेदेखि १८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

