सोमवार, जेठ १४ २०८१
शिक्षक सरुवा निर्देशिका, २०८० स्वीकृत भएको छ । यससंगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले रोकेको शिक्षकको जिलान्तर सरुवा आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।
मन्त्रालयले ’शिक्षक सरुवा मापदण्ड’ बनाउने भन्दै स्थगित गरेको जिल्लान्तर सरुवा खुला गर्ने तयारी गरेको हो । स्रोतका अनुसार कुनै प्राबिधिक कठिनाइ नआए आजै शिक्षक सरुवा खुला हुने छ ।
जिल्लान्तर सरुवा मापदण्ड बनाउनका लागि केही दिन अगाडि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाहरूसँग छलफल गरेकी थिइन ।
छलफलमा सहभागीहरूले जिल्लान्तर सरुवा बाह्रै महिना हुने व्यवस्थालाई शैक्षिक सत्रसँग मिलान हुनेगरी वर्षको एक पटक मात्र हुनुपर्ने, शिक्षक पदपूर्तिका लागि दरबन्दी लुकाएर विज्ञापनमा नपठाउनेलाई कारबाहीको प्रावधान, शिक्षकलाई पायक पर्ने र स्वार्थको द्वन्द्व नहुने ठाउँमा सरुवा गर्नुपर्ने लगायतका सुझाव दिएको बताइएको छ।