शुक्रवार, जेठ १८ २०८१
जेठ, १८ गते काठमाडौ । काठमाडौ बर्नहार्ट स्कुलले बालबालिकालाई सिकाइ सहजीकरण गर्नका लागि अभिभावकहरुलाई अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ। शुक्रवार कक्षा नर्सरी देखि १० सम्मका अभिभावकहरुलाई अभिमुखिकरण गरेको हो।

अभिमुखरण कार्यक्रममा प्राचार्य अमृत बाबू भट्टले विद्यार्थीको सिकाइ प्रक्रियामा घरको वातावरण अनुकुल हुनुपर्ने भएकोले विद्यालयले अभिभावकहरुको समेत सुझावलाई समावेश गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम गरेको बताउनुभयो ।
बालबालिकाहरुलाई एउटा सफल ब्यक्ति बनाउनको लागि हरेक ब्यक्तिले सकारात्मक सोंचाइमा विकास गर्नु पर्ने र बालबालिकाहरुको इच्छालाई भन्दा पनि उसको आवश्यकतालाई ध्यान दिनुपर्ने प्राचार्य भट्टको धारणा थियो।

हिजो र आजको पढाइको पद्धतिमा फरक रहेको भन्दै स्कुल/कलेज मात्रै नभई अभिभावकले समेत बालबालिकाको स्वास्थ्य, खानपिन, संगत र बालबालिकाले प्रयोग गर्ने डिभाइसहरु चलाउने कुरामा विशेष ध्यान दिनुपर्ने प्राचार्य भट्टले बताउनुभयो । उहाँले अभिभावक आफू पनि मोबाइल लगाएत डिभाइसहरु चलाउन र बच्चालाई समेत कन्ट्रोल गर्न सक्नुपर्ने उहाँले बताउनुभयो।
अभिभावक र बिद्यालय मिलेर मात्रै बालबालिकाको मनोबैज्ञानिक परामर्स गर्न सकिने भन्दै प्राचार्य भट्टले आफ्नो बच्चाको बारे लिखित रुपमै बिद्यालयमा सुझाव दिन र कक्षावाइज अभिभावक भेलामा उपस्थित भई सुझाव दिन अनुरोध गर्नुभयो।
अभिमुखिकरण कार्यक्रममा काठमाडौ बर्नहार्ट ललेजका कार्यकारी निर्देशक नवराज अधिकारी, बिद्यालय कोर्डिनेटर, शिक्षक र २ सय ५० भन्दा बढी अभिभावकहरुको उपस्थिति रहेको थियो।