Jul 27 2026 | २०८३, श्रावण ११ गते

डिलाशैनीमा सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि शैक्षिक सम्मेलन

डिलाशैनीमा सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि शैक्षिक सम्मेलन

  • 568
    SHARES

  • डिलाशैनीमा सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि शैक्षिक सम्मेलन

    जेठ, २० गते धनगढी । शैक्षिक गुणस्तर सुधारका लागि बैतडीको डिलाशैनी गाउँपालिकाले शैक्षिक सम्मेलन आयोजना गरेको छ। “समृद्ध डिलाशैनिकाे आधार; शिक्षामा गुणस्तर सुधार” काे नारा सहित सम्मेलन सुरू सम्पन्न भएको हो।

    सम्मेलनमा विद्यालयहरुको आवधिक योजनाका साथै विज्ञान कला प्रदर्शनी गरेका थिए। तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा शिक्षा क्षेत्र सुधारका विभिन्न विषयमा छलफल भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्टले जानकारी दिए ।

    गाउँपालिकाभरिका ५६ ओटा सामुदायिक विद्यालयहरुले सम्मेलनमा पञ्चवर्षीय कार्ययोजना प्रस्तुत गरेको र सोही अनुसार नीति निर्माण गरिने उनले बताए ।

    सामुदायिक शिक्षाको गुणस्तर सुधारमा टेवा पुगोस् भन्ने हेतुले आयोजना गरिएको पालिकास्तरीय शैक्षिक सम्मेलनले ४३ बुँदे घोषणापत्र समेत जारी गरेको छ।

    शैक्षिक सम्मेलनले पारित गरेको घोषणापत्रमा प्रत्येक विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्ने, फोहरमैला व्यवस्थापन, नैतिक शिक्षा दिने, विद्यालय सुधार योजनाअनुसार अघि बढ्ने, हरित विद्यालयको अवधारणा, विद्यालयको दिवाखाजा कार्यक्रमका लागि विद्यालयमै उत्पादन, उत्कृष्ट खेलाडी उत्पादन गर्नेलगायतका कुरा उल्लेख छन् ।

    सम्मेलनको पहिलो दिन विद्यालयहरूले विद्यालय सुधार योजना प्रस्तुत गरेका थिए भने दोस्रो दिन विज्ञान तथा कला प्रदर्शनी र कार्यक्रमको अन्तिम दिन नृत्य प्रतियोगितासहित सम्मेलन सम्पन्न हो । सम्मेलनले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि सामूहिकरूपमा पहल गर्ने निष्कर्ष निकालेको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टको विश्वास छ ।

    गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले सम्मेलनले सामुदायिक विद्यालयलाई आफ्नो कार्ययोजनाअनुसार शैक्षिक कार्यक्रम अघि बढाउन सहयोग मिल्ने विश्वास व्यक्त गरे । उनले भने, “सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि सम्मेलनको आयोजना गरिएको हो । यसले भोलिका दिनमा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार ल्याउने अपेक्षा छ ।”

    images
    आइतवार, जेठ २० २०८१०९:४८:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार